इजरायलले आक्रमण रोक्यो, गाजावासीहरू घर फर्कन थाले | Khabarhub Khabarhub

इजरायलले आक्रमण रोक्यो, गाजावासीहरू घर फर्कन थाले


२४ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

प्यालेस्टिनी क्षेत्र – इजरायलले युद्धविराम घोषणा गर्दै शुक्रबार गाजामा सेना फिर्ता गर्न सुरु गरेसँगै हजारौं विस्थापित प्यालेस्टिनीहरू आफ्नो घ। वस्तीमा फर्कन थालेका छन् ।

दुई वर्षको क्रूर युद्धपछि गाजामा रहेका इजरायलका बाँकी बन्धकहरूका परिवारहरूमा पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको युद्धविराम कायम हुने आशा जागेको छ।

इजरायली सेनाले युद्धविराम सम्झौता र बन्धकहरूको फिर्तीको तयारीका लागि स्थानीय समय अनुसार मध्यान्हमा सैन्य कारबाही बन्द गरेको बताएको छ।

इजरायलले सैन्य कारबाही बन्द गरेको घोषणा गरेको तीन घण्टापछि अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले ट्रम्पको शान्ति योजनामा इजरायलले फिर्ता हुने पहिलो चरणको काम पूरा भएको पुष्टि गरेको थियो । इजरायली सेनाले अझै पनि प्यालेस्टाइनको ५३ प्रतिशत भूभाग कब्जा गरेको छ ।

इजरायली सेनाको फिर्तीसँगै हमासलाई गाजामा रहेका बाँकी बन्धकहरूलाई रिहा गर्न ७२ घण्टाको समयसीमा तय भएको छ।

यसैबीच, इजरायलले रिहा गर्ने योजना बनाइएका सन् २०२३ अक्टुबर ७ पछि पक्राउ परेका २५० सहित एक हजार ७०० प्यालेस्टिनी कैदीहरूको सूची प्रकाशित गरेको छ ।

युद्धविराम सुरु भएपछि दुई वर्षको भीषण बमबारीपछि संयुक्त राष्ट्रसङ्घले चेतावनी दिएको अनिकालको अवस्थाबीच थकित प्यालेस्टिनीहरूको लामो लहर दक्षिणी शहर खान युनिसबाट उत्तरमा आफ्ना भत्केका घरहरूतर्फ यात्रा सुरु गरेका छन्।

गाजा र इजिप्टबीचको राफा सीमामा रहेको युरोपेली सङ्घको मिसनले आगामी अक्टोबर १४ देखि पैदल यात्री मार्ग पुनः खोल्ने भएको इटालीले जनाएको छ ।

युद्धविराम सम्झौताअनुसार हमासले दुई वर्षअघि भएको आक्रमणका क्रममा अपहरणमा परेका २५१ जनामध्ये अझै पनि बन्धक बनाइएका ४७ जना जीवित र मृत व्यक्तिलाई हस्तान्तरण गर्नेछ भने सन् २०१४ देखि गाजामा बन्धक बनाइएका थप एक व्यक्तिको अवशेष पनि फिर्ता हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  ९ : ४७ बजे

इन्जुरी समयमा गोल गर्दै पिएसजीले निकाल्यो लियोनविरुद्ध सनसनीपूर्ण जित

काठमाडौं – पेरिस सेन्ट जर्मेन (पिएसजी)ले खेलको इन्जुरी समयको अन्तिम

ला लिगा – शीर्ष स्थानको रियल म्याड्रिड बराबरीमा रोकियो

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रियल म्याड्रिड

पाँच वर्षमा ६ पटक म्याद थपिएपछि सडक कालोपत्र गरिँदै

बागलुङ– निर्माण व्यवसायीको लापरबाहीले जीर्ण बनेको बागलुङको काठेखोला गाउँपालिका– ७

कर्णालीमा ‘विश्व भोकमरी सूचकाङ्क– २०२५’ को प्रतिवेदन सार्वजनिक

कर्णाली– कर्णालीमा ‘विश्व भोकमरी सूचकाङ्क– २०२५’ को प्रतिवेदन सार्वजनिक गरिएको

प्रिमियर लिग : लिभरपुलको पोस्टमा सिटी गर्‍यो तीन गोल

काठमाडौं – इङ्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर