मधेश प्रदेश प्रमुखले बाटोमै बनाइन् एमाले नेता सरोज यादवलाई मुख्यमन्त्री « Khabarhub

मधेश प्रदेश प्रमुखले बाटोमै बनाइन् एमाले नेता सरोज यादवलाई मुख्यमन्त्री


२४ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मधेस प्रदेशकी प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोमबार बिहान नेकपा एमाले संसदीय दलका नेता सरोज यादवलाई मुख्यमन्त्री पदमा नियुक्त गरेकी छन् ।

अस्वस्थ भन्दै उपचारका लागि काठमाडौं हिँडेकी प्रदेश प्रमुख सुवेदीले संविधानको धारा १६८ (३) बमोजिम यादव प्रदेशसभाको ठूलो दलको हैसियतमा सिन्धुलीको एक होटलमा यादवलाई मुख्यमन्त्री पदमा शपथ खुवाएकी हुन् ।

विश्वासको मत नपाउने भएपछि शनिबार मात्रै मुख्यमन्त्री जितेन्द्र सोनलले पदबाट राजीनामा दिएका थिए ।

प्रदेश प्रमुखले जारी गरेको नियुक्तिपत्रमा भनिएको छ, ‘नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम तपाईँलाई मधेश प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त गरेको छु। मुख्यमन्त्री पदमा नियुक्त हुनुभएकोमा हार्दिक बधाई तथा कार्यकालको सफलताको कामना गर्दछु।’

एमाले केन्द्रीय सदस्य समेत रहेका यादव २०७९ सालको निर्वाचनमा महोत्तरी क्षेत्र नम्बर ४ (१) बाट निर्वाचित भएका थिए ।

नवनियुक्त मुख्यमन्त्री यादवले अब ३० दिनभित्र विश्वासको मत लिनुपर्ने छ । उनले पनि विश्वासको मत लिन नसकेमा पुनः संविधानको धारा १६८ (२) मा फर्कनु पर्ने हुन्छ ।

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  ८ : ०० बजे

रवि–बालेनले थाले कुलमानसँग ‘निर्णायक’ वार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं

न्युजिल्यान्ड पठाइदिने भन्दै रु १० लाख ठगी गर्ने एक जना पक्राउ

काठमाडौं – प्रहरीले वैदेशिक रोजगारीका लागि न्युजिल्यान्ड पठाइदिने भन्दै रु

तनहुँमा एकैदिन नौ फरार प्रतिवादी पक्राउ

तनहुँ – जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइबाट खटिएको

अध्यक्ष ओलीको अभिव्यक्तिलाई गलत व्याख्या गरियो : एमाले

काठमाडौं- नेकपा (एमाले)ले प्रधानमन्त्रीसँगको भेटमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले

भारतीय नागरिकलाई नागरिकता दिएको अभियोगमा वडाध्यक्ष पक्राउ

सर्लाही – नागरिकतासम्बन्धी कसुर मुद्दाको अनुसन्धानका क्रममा मलङ्गवा नगरपालिका–७, मुसैलीका