मधेश सरकारबाट फिर्ता हुन राप्रपाका मन्त्रीलाई अध्यक्ष लिङ्देनको निर्देशन « Khabarhub

मधेश सरकारबाट फिर्ता हुन राप्रपाका मन्त्रीलाई अध्यक्ष लिङ्देनको निर्देशन


२४ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले एक होटेलमा बसेर नेकपा एमालेका नेता सरोज यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेपछि चौतर्फी विरोध भइरहेको छ । 

यसै क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि यसको विरोध गरेको छ । राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले मधेश प्रदेश सरकारमा राप्रपाको सहभागिताप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै यस कार्यबाट अनुशासनको गम्भीर उल्लङ्घन भएको बताएका छन् ।

उनले राप्रपाका सदस्यलाई तत्काल सरकारबाट फिर्ता हुन निर्देशन दिँदै अन्यथा विधान बमोजिम कारबाही हुने बताएका छन् । राप्रपाकी कञ्चन विच्छा सरोजकुमार यादव नेतृत्वको सरकारमा मन्त्री बनेपछि लिङ्देनले उक्त चेतावनी दिएका हुन् ।

उनले लेखेका छन्– ‘मधेश प्रदेश सरकारमा राप्रपाको सहभागिताप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यो अनुशासनको गम्भीर उल्लङ्घन हो । राप्रपाका सदस्यलाई तत्काल सरकारबाट फिर्ता हुन निर्देशन छ । अन्यथा विधान बमोजिम कारवाही हुने जानकारी गराउँछु।’

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  १० : ०५ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली