एएफसी एसियन कप छनोटका लागि नेपाली टोलीको प्रशिक्षण सुरु (तस्बिरहरू) « Khabarhub

एएफसी एसियन कप छनोटका लागि नेपाली टोलीको प्रशिक्षण सुरु (तस्बिरहरू)


२४ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एएफसी एसियन कप छनोट र एक मैत्रीपूर्ण खेलका लागि छनोट भएको टोलीले प्रशिक्षण र तयारी सुरु गरेको छ । गोलकिपर किरण चेम्जोङको कप्तानीमा नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा भएसँगै तयारी पनि सुरु भएको हो ।

हालै मुख्य प्रशिक्षकको रूपमा नियुक्त भएका हरि खड्काले मलेसियासँगको एसियन कप छनोट र बंगलादेशसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय नेपाली टोली घोषणा गरेका थिए । उनले एक जना नयाँ खेलाडीलाई अवसर दिँदा अधिकांश पुरानै अनुहार निरन्तरता दिएका छन् ।

नोभेम्बर १३ तारिखमा नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने तालिका छ । त्यसको पाँच दिनपछि नेपालले छनोट प्रतियोगितामा मलेसियासँग खेल्नेछ।

तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  ११ : ३१ बजे

स्टारलिङ्कले सेवा सुधार्‍यो : युक्रेन

किभ- युक्रेनी सेनाका लागि महत्वपूर्ण मानिने स्पेसएक्सको स्याटेलाइट सञ्चार सञ्जाल

मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा

काठमाडौँ- बडादसैँ अवधिमा काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागुपदार्थ सेवन

मुस्ताङमा बढ्दै पर्यटकीय चहलपहल

मुस्ताङ- दसैँदेखि हिमाली मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै जान थालेको छ

किम जोङ उन चीन भ्रमणमा

काठमाडौं- उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमणमा पुगेका

यु-१९ एसिया कपका लागि बन्द प्रशिक्षणमा सहभागी खेलाडीको सूची सार्वजनिक, को को परे ?

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले आगामी पुरुष यु-१९ एसिया