विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १० जना पक्राउ « Khabarhub

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १० जना पक्राउ


२४ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रौतहटको चन्द्रपुर नगरपालिका-४ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ३० ट्याब्लेटसहित दुई जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा सर्लाही लालबन्दी नगरपालिका-१६ तामाङटोल बस्ने २७ वर्षीय बुद्द सिंह वाईवा र हरिवन नगरपालिका-३ श्रीपुर बस्ने २४ वर्षीय शरिन योञ्जन रहेका छन् ।

इलाका प्रहरी कार्यालय चपुरबाट खटिएको प्रहरीले म.प्र. ०३-०२५ प ५८२१ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

कास्कीको पोखरा महानगरपालिका-४ गणेशटोलबाट नियन्त्रित लागूऔषध डाईजेपाम३८ एम्पुल, फेनारगन ३९ एम्पुल र नोर्फिन ३९ एम्पुलसहित सोही ठाउँ बस्ने ३० वर्षीय विकास किसानलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

बाँकेको जानकी गाउँपालिका-६ करातीपुर गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ४० मिलिग्राम र नगद ५ हजार ५ सय रूपैयाँ सहित सोही ठाउँ बस्ने २१ वर्षीय मनोज खटीकलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी गनापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

ललितपुरको महालक्ष्मी नगरपालिका-१ कृष्ट अस्पताल नजिकैबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५० ट्याब्लेटसहित सोही ठाउँ बस्ने सिन्धुली कमलामाई नगरपालिका-५ घर भएका २२ वर्षीय सुवास नेपालीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग ईमाडोलबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

डोल्पाको ठुलीभेरी नगरपालिका-३ डेरा गरी बस्ने सोही नगरपालिका-१० घर भएका २० वर्षीय दिपेन्द्र कार्कीलाई अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ४२ ग्रामसहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय डोल्पाबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

बर्दियाको बढैयाताल गाउँपालिका-७ कर्णालीपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ४ सय ८० मिलिग्रामसहित दुई जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा बाँके बैजनाथ गाउँपालिका-३ उत्तरलधौरा बस्ने २६ वर्षीय सुरेन्द्र थारू र २५ वर्षीय रमेश थारू रहेका छन् । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो

यसैगरी बर्दियाको गुलरिया नगरपालिका-११ गणेशपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय २० मिलिग्राम‍सहित ठाकुरबाबा नगरपालिका-६ बस्ने १८ वर्षीय किशोरलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी महम्मदपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

पर्साको वीरगंज महानगरपालिका-३२ चोर्नी बस्ने ६८ वर्षीय खेदु महतोलाई अवैध लागूऔषध गाँजा करिब ८ किलोग्राम र नेपाली रूपैयाँ ४ हजार २ सय २५ रूपैयाँसहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

डा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले उनले संचालन गरेको किराना पसल र पसलसँगै जोडिएको कोठा तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  १२ : ०७ बजे

कोरला सडकमा पाँच वटा पुल निर्माणका लागि स्रोत सहमति

मुस्ताङ– उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला)सडक आयोजनाअन्तर्गत पाँच वटा पुल

जेन-जी प्रतिनिधिले गरे संविधान संशोधन छलफल बहिष्कार : सरकारलाई ६ बुँदे चेतावनी

काठमाडौं– जेन–जी जनआन्दोलनका प्रतिनिधिहरूले सरकारले आयोजना गरेको संविधान संशोधनसम्बन्धी छलफलमा

मेची-महाकाली उद्धार यात्राबाट ४८ सडकआश्रित मानव उद्धार

धरान– मानवसेवा आश्रम तथा आनी छोइङ डोल्मा फाउन्डेसनद्वारा संयुक्त रूपमा

अन्तर्राष्ट्रिय परिवार दिवस आज मनाइँदै

काठमाडौं– दिगो विकास, सामाजिक समावेशिता र परिवारको सशक्त भूमिकामा केन्द्रित

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं–  स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा घटेको छ । सुन