एमालेले बोलायो विघटित संसदीय दलको बैठक, संसद् पुनर्स्थापनाको मुद्दा चर्काउने « Khabarhub

एमालेले बोलायो विघटित संसदीय दलको बैठक, संसद् पुनर्स्थापनाको मुद्दा चर्काउने


२४ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेले विघटित प्रतिनिधिसभाका सदस्यहरूको बैठक बोलाएको छ ।

मुलुकमा विकिसत पछिल्लो राजनीतिक जटिलता र असामान्य परिस्थितिबारे छलफल गर्न एमालेले निवर्तमान सांसदहरूको बैठक बोलाएको हो ।

विघटित प्रतिनिधिसभाका एमाले दलका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार मंसिर २ गते दिउँसो १ बजे बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ ।

बैठकलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले विशेष निर्देशन दिने तयारी गरिएको छ । बर्तौलाका अनुसार एमालेले अघि बढाएको संसद पुनस्थापनाको मुद्दालाई अन्य दलहरुलाई पनि सहमत गराउन पार्टी अध्यक्षले विशेष निर्देशन दिने भएका छन् ।

एमलेले फागुन २१ गते निर्वाचन हुन नसक्ने ठहर गर्दै संसद् पुनस्थापनाको मागलाई जोडदार रुपमा उठाउने निर्णय गरिसकेको छ ।

उता अर्को दल नेपाली कांग्रेसले पनि आइतबारदेखि संसद् पुनर्स्थापनाको पक्षमा हस्ताक्षर अभियान थालिसकेको ।

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  १२ : ५० बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर