दुई दिन निरन्तर ओरालो नेप्से परिसूचक, सोमबार १५१ वटा कम्पनीको सेयर मूल्य घट्यो « Khabarhub

दुई दिन निरन्तर ओरालो नेप्से परिसूचक, सोमबार १५१ वटा कम्पनीको सेयर मूल्य घट्यो


२४ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सेयर कारोबार हुने साताको दुई सुरुवातका दिन परिसूचक निरन्तर ओरालो लागेको छ । आइतबार ३०.०२ अंकले घटेको नेप्से सोमबार ५.८० अंकले घटेको हो ।

सोमबार ४ अर्ब ५१ करोड ४४ लाख ८ हजार रुपैयाँको सेयर कारोबार हुँदा नेप्से घटेर २५६०.२९ बिन्दुमा पुगेको हो । 

सोमबार १५१ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने ९० वटा कम्पनीको सेयर मूल्य बढ्यो । तर, सोमबार ११ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।

आजको सेयर कारोबारमा दरमखोला हाइड्रो इनर्जीको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै नाफा आर्जन गरे भने उन्नति सहकार्य लघुवित्तको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै घाटा व्यहोरे । सोमबार झिनो अंकले नेप्से घट्दा होटेल तथा पर्यटन, लगानी र व्यापार समूह बाहेक सबे समूहको उपसूचक नकारात्मक रह्यो ।

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  ३ : १३ बजे

ग्रीनल्याण्डसम्बन्धी रक्षा सम्झौतामा अमेरिका र डेनमार्कबीच फेरि वार्ता हुने

एजेन्सी – अमेरिका र डेनमार्कबीच सन् १९५१ को ग्रीनल्याण्डसम्बन्धी रक्षा

प्रधानमन्त्रीद्वारा संसद् भवनमा सहिदको सालिक राख्ने विषयमा जानकारी

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले संसद् भवनमा जेन-जी आन्दोलनका सहिदहरुको सालिक

योगेश भन्छन् : अहिले च्याउसरी उम्रिएका पार्टीहरूको बिउ कहाँको भन्ने शंका छ

विराटनगर- नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपमहासचिव योगेश भट्टराईले मनोनयन

गुरू घिमिरेको दाबी : कांग्रेसले प्रत्यक्षमा सय सीट र समानुपातिकमा ३५ लाख भोट ल्याउँछ

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले आगामी फागुन २१ गतेको

खारेज भयो रेशम चौधरीको उम्मेदवारी

काठमाडौं- कैलाली क्षेत्र नम्बर १ बाट नागरिक उन्मुक्ति पार्टी नेपालका