दुई दिन निरन्तर ओरालो नेप्से परिसूचक, सोमबार १५१ वटा कम्पनीको सेयर मूल्य घट्यो « Khabarhub

दुई दिन निरन्तर ओरालो नेप्से परिसूचक, सोमबार १५१ वटा कम्पनीको सेयर मूल्य घट्यो


२४ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सेयर कारोबार हुने साताको दुई सुरुवातका दिन परिसूचक निरन्तर ओरालो लागेको छ । आइतबार ३०.०२ अंकले घटेको नेप्से सोमबार ५.८० अंकले घटेको हो ।

सोमबार ४ अर्ब ५१ करोड ४४ लाख ८ हजार रुपैयाँको सेयर कारोबार हुँदा नेप्से घटेर २५६०.२९ बिन्दुमा पुगेको हो । 

सोमबार १५१ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने ९० वटा कम्पनीको सेयर मूल्य बढ्यो । तर, सोमबार ११ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।

आजको सेयर कारोबारमा दरमखोला हाइड्रो इनर्जीको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै नाफा आर्जन गरे भने उन्नति सहकार्य लघुवित्तको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै घाटा व्यहोरे । सोमबार झिनो अंकले नेप्से घट्दा होटेल तथा पर्यटन, लगानी र व्यापार समूह बाहेक सबे समूहको उपसूचक नकारात्मक रह्यो ।

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  ३ : १३ बजे

सलहेश फूलबारी मेलामा भक्तजनको चहलपहल

सिरहा– नयाँ वर्षको अवसर पारेर प्रत्येक वर्ष वैशाख १ गते

पिएम कपमा आशिफ शेखको शतक

काठमाडौँ – पिएम कप क्रिकेटमा सशस्त्र पुलिस क्लबका आशिफ शेखले

आश्रम व्यवस्थापन गर्न कुरिलो खेती

चितवन– भरतपुर महानगरपालिका–४ रामघाटस्थित नारायणधाम आश्रमले आश्रम व्यवस्थापनका लागि कुरिलो

भोजपुरमा आगामी वैशाख ६ देखि नवौँ मेयर गोल्डकप हुँदै

भोजपुर– आगामी वैशाख ६ देखि १२ गतेसम्म भोजपुर नगरपालिकाको मुख्य

डडेल्धुरामा ‘डोट्याली सङ्ग्रहालय’ स्थापना

डडेल्धुरा– डडेल्धुरा सार्वजनिक पुस्तकालयले ‘डोट्याली सङ्ग्रहालय’ स्थापना गरेको छ ।