निःशुल्क स्वास्थ्य सेवा पाउनबाट कोही नागरिक बञ्चित हुनुहुँदैन : स्वास्थ्यमन्त्री शर्मा  « Khabarhub

निःशुल्क स्वास्थ्य सेवा पाउनबाट कोही नागरिक बञ्चित हुनुहुँदैन : स्वास्थ्यमन्त्री शर्मा 


२४ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री डा.सुधा शर्माले आधारभूत स्वास्थ्य सेवा सबै नेपालीले निःशुल्क पाउनु पर्ने बताएकी छन् ।

भक्तपुर क्यान्सर अस्पतालको वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री शर्माले आधारभूत स्वास्थ्य सेवाको लागि स्थानीय तहका सरकार जिम्मेवार हुनुपर्ने समेत बताइन् । 

संविधानमै उल्लेख भएको निःशुल्क स्वास्थ्य सेवा पाउनबाट कोही पनि नागरिक बञ्चित हुनुहुँदैन त्यसैले आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न सरकार प्रतिबद्ध हुनुपर्छ । यसको लागि सबैभन्दा धेरै जिम्मेवारी स्थानीय सरकारको हुन्छ उनले भनिन् । 

आधारभूत स्वास्थ्य सेवामा अन्तर्गत सरकारले ९८ प्रकारका औषधिहरू निःशुल्क वितरण गर्दै आएको छ । संविधानमै उल्लेख गरिएको आधारभूत स्वास्थ्य सेवा अन्तर्गतको सेवाहरू स्वास्थ्य बिमा कार्यक्रममा समेत समेटिएको छैन । 

यस्तै सोही कार्यक्रममा स्वास्थ्य मन्त्री डा. शर्माले हालको सरकारको मुख्य जिम्मेवारी भनेको फागुन २१ गते निर्वाचन गराउनु रहेको हुँदा यसमा सबै कटिबद्ध भएर लाग्नु पर्ने पनि बताइन् ।

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  ३ : ३३ बजे

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को