निःशुल्क स्वास्थ्य सेवा पाउनबाट कोही नागरिक बञ्चित हुनुहुँदैन : स्वास्थ्यमन्त्री शर्मा  « Khabarhub

निःशुल्क स्वास्थ्य सेवा पाउनबाट कोही नागरिक बञ्चित हुनुहुँदैन : स्वास्थ्यमन्त्री शर्मा 


२४ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री डा.सुधा शर्माले आधारभूत स्वास्थ्य सेवा सबै नेपालीले निःशुल्क पाउनु पर्ने बताएकी छन् ।

भक्तपुर क्यान्सर अस्पतालको वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री शर्माले आधारभूत स्वास्थ्य सेवाको लागि स्थानीय तहका सरकार जिम्मेवार हुनुपर्ने समेत बताइन् । 

संविधानमै उल्लेख भएको निःशुल्क स्वास्थ्य सेवा पाउनबाट कोही पनि नागरिक बञ्चित हुनुहुँदैन त्यसैले आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न सरकार प्रतिबद्ध हुनुपर्छ । यसको लागि सबैभन्दा धेरै जिम्मेवारी स्थानीय सरकारको हुन्छ उनले भनिन् । 

आधारभूत स्वास्थ्य सेवामा अन्तर्गत सरकारले ९८ प्रकारका औषधिहरू निःशुल्क वितरण गर्दै आएको छ । संविधानमै उल्लेख गरिएको आधारभूत स्वास्थ्य सेवा अन्तर्गतको सेवाहरू स्वास्थ्य बिमा कार्यक्रममा समेत समेटिएको छैन । 

यस्तै सोही कार्यक्रममा स्वास्थ्य मन्त्री डा. शर्माले हालको सरकारको मुख्य जिम्मेवारी भनेको फागुन २१ गते निर्वाचन गराउनु रहेको हुँदा यसमा सबै कटिबद्ध भएर लाग्नु पर्ने पनि बताइन् ।

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  ३ : ३३ बजे

पश्चिम एसिया द्वन्द्वका कारण छ लाखभन्दा बढी यात्रु भारत फर्किए

नयाँदिल्ली – अमेरिका–इजरायल र इरानबीचको द्वन्द्व दोस्रो महिनामा प्रवेश गरिरहँदा

गृहमन्त्री नपाएका डिपीलाई रास्वपाले सभामुखमा अघि सार्ने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाकालदेखि नै उपसभापति बनेका डिपी

गृहमन्त्री गुरुङ त्रिभुवन विमानस्थलको अनुगमनमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ अनुगमनका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल

फेरि बढ्यो डिजेल र पेट्रोलको मूल्य (सूचीसहित)

काठमाडौं – इन्धनको मूल्यमा फेरि वृद्धि गरिएको छ। नेपाल आयल

व्यापारी भट्टमाथि १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं – जिल्ला अदालतले सम्पत्ति शुद्धिकरण कसुरमा व्यापारी दीपक भट्टमाथि