किसान श्रेष्ठले भने- नेकपा एस सकियो, जीवनकै ठूलो भूल सच्याएर घर फर्कियौँ « Khabarhub

किसान श्रेष्ठले भने- नेकपा एस सकियो, जीवनकै ठूलो भूल सच्याएर घर फर्कियौँ


२४ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) छाडेका पूर्वसांसद किसान श्रेष्ठ सोमबार राष्ट्रिय सभा गृहमा आयोजित ‘घर फर्क राष्ट्रिय अभियान’ कार्यक्रममा औपचारिक रूपमा एमालेमा पुनः प्रवेश गरेका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले आफू र आफूजस्ता बाटो बिराएका कार्यकर्तालाई एमालेमै फर्कन आह्वान गरे। उनले भने, ‘म किसान श्रेष्ठ जस्तै बाटो बिराएर एमालेबाट हिँडेकाहरूलाई ‘घर फर्क’ अभियानमा जोड्छु।’

श्रेष्ठले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीप्रति आभार व्यक्त गर्दै पार्टीमा पुनः स्वागत गरेकोमा धन्यवाद दिए। उनले भने, ‘मलाई माया, ममता र सद्भावबीच स्वागत गर्नु भएकोमा अध्यक्षलाई धन्यवाद। मेरो प्राणभन्दा प्यारो पार्टी नेकपा (एमाले) हो।’

भावनात्मक शैलीमा उनले अघि भने, ‘त्यो बेलाको निर्णय ठीक लागे पनि अहिले त्यो गल्ती थियो भन्ने निष्कर्षमा पुगेका छौँ। एमाले आदर्श, दृष्टि र राष्ट्र निर्माणको मूल प्रवाह हो। देशका समस्या समाधान गर्ने सामर्थ्य एमालेसँग मात्रै छ।’

श्रेष्ठले अध्यक्ष ओलीको नेतृत्व र दृढतालाई लाखौँ युवाका लागि प्रेरणादायी भन्दै आगामी राजनीतिमा एमालेलाई सशक्त बनाउन आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए। ‘आज हामी केवल पार्टीमा फर्किएका छैनौँ, हाम्रा आदर्श, मार्ग र प्रतिबद्धता पनि फर्काएका छौँ,’ उनले जोड दिए।

उनका अनुसार ‘घर फर्क’ अभियान कुनै साधारण राजनीतिक कदम होइन, जनताबीच पुग्ने र पार्टीप्रतिको विश्वास पुनः स्थापित गर्ने अभियान हो। ‘हामीले एमाले छाड्नु जीवनकै सबैभन्दा ठूलो भूल थियो। हिजोका गल्ती सच्याएर समयमै फर्किनु राम्रो हो,’ श्रेष्ठले भने।

कार्यक्रममा अध्यक्ष ओलीले ‘घर फर्क अभियान’लाई निरन्तरता दिँदै पूर्व एमाले कार्यकर्तालाई एकता र देश निर्माणको मूलधारमा फर्कन आह्वान गरेका थिए। उनले आफूलाई एमालेमा निशर्त फर्किनेबाहेक कुनै माग, शर्त र चाहना नभएको बताए ।

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  ५ : ०३ बजे

ज्वाइँको खुकुरी प्रहारबाट ससुरा गम्भीर घाइते

संखुवासभा– जिल्लाको पाँचखपन नगरपालिका–८ आहालेमा धारिलो हतियार प्रहार हुँदा एक

शरीर बन्धक तथा ठगी गर्ने सातजना पक्राउ

काठमाडौं- नेपाल प्रहरीले शरीर बन्धक तथा ठगी गर्ने गिरोहलाई पक्राउ

१० न्यायाधीहरुको सरुवा र २० को पदस्थापना (सूचीसहित)

काठमाडौँ – न्याय परिषद्ले जिल्ला न्यायाधीशहरुको सरुवा निकालेको छ ।

जनगणनाका लागि ४४ सय कर्मचारी माग हुँदा १३ हजारले दिए दरखास्त

काठमाडौँ– राष्ट्रिय तथ्यांक कार्यालयले, राष्ट्रिय आर्थिक गणनाका लागि करारमा कर्मचारी

बदलिएको कांग्रेसले सत्ताका लागि जोसँग पनि गठबन्धन गर्दैन : सभापति थापा

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले कांग्रेस बदलिएको जनाउँदै अब