बानेश्वर वृत्तका प्रहरीको बर्दी खोल्न लगाएर हतियार लुटपाट : समातिए सिरहाका २२ वर्षीय सेख सिद्धिकी « Khabarhub

बानेश्वर वृत्तका प्रहरीको बर्दी खोल्न लगाएर हतियार लुटपाट : समातिए सिरहाका २२ वर्षीय सेख सिद्धिकी


२४ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


384
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत भदौ २४ गते जेन-जी आन्दोलनका क्रममा संघीय राजधानी काठमाडौंमा प्रहरी कार्यालय तोडफोड, आगजनी र हातहतियार लुटपाटमा संलग्न एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार सिराहा नगरपालिका–४ घर भई हाल काठमाडौं महानगरपालिका–३१ आलोकनगर बस्ने २२ वर्षीय सेख सिद्धिकीलाई पक्राउ गरिएको हो। उनलाई आइतबार नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

सिद्धिकीमाथि प्रदर्शनका क्रममा प्रहरी वृत्त बानेश्वरको भवन तथा सवारी साधनमा तोडफोड र आगजनी गरेको आरोप लागेको छ । उनीसहितका युवाहरूले सुरक्षामा खटिएका प्रहरीलाई दुर्व्यवहार गर्दै उनीहरूका बर्दी फुकाल्न बाध्य पारेका थिए।सिद्धिकीले प्रहरीका हातहतियार लुटपाट गरेको पनि खुलेको छ ।

पक्राउ परेका सिद्धिकीको कोठा खानतलासी गर्दा प्रहरीले ग्यास गनका दुईवटा सेल बरामद गरेको जनाएको छ। उनलाई आपराधिक उपद्रव गर्न नहुने ऐन र हातहतियार तथा खरखजानासम्बन्धी कसूर अन्तर्गत अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट म्याद थप अनुमति लिइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक पवनकुमार भट्टराई यस घटनाबारे थप अनुसन्धान जारी रहेको बताएका छन् ।

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  ५ : ३९ बजे

गोरखाको लाप्राकवासीले गरे ‘मकै विवाह’

गोरखा – जिल्लाको धार्चे गाउँपालिका–४ लाप्राकका किसानले कृष्ण प्रतिपदाको तिथिमा

लागुऔषध ब्राउन सुगरसहित सुर्खेतमा चार पक्राउ

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषध ब्राउनसुगरसहित वीरेन्द्रनगरबाट चार

उज्यालो पार्टीका लागि मधेस प्रदेश महत्त्वपूर्ण : अध्यक्ष घिसिङ

जलेश्वर (महोत्तरी) । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो

सङ्गठनका प्राथमिकताहरू गुणस्तरीय रूपमा सम्पादन गर्नुपर्छ : महानिरीक्षक कार्की

काठमाडौं – प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको उपस्थितिमा वार्षिक कार्यसम्पादन सम्झौता

प्राविधिक तथा आर्थिक सहयोग महत्त्वपूर्ण छः पूर्वराष्ट्रपति डा यादव

काठमाडौं – पूर्वराष्ट्रपति डा रामवरण यादवले भारतले नेपाललाई गर्दै आएको