‘जारी २’ले दोस्रो पटक गर्‍यो सेन्सर, किन ? « Khabarhub

‘जारी २’ले दोस्रो पटक गर्‍यो सेन्सर, किन ?


२४ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कात्तिक २१ गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘जारी २’ले दोस्रो पटक सेन्सर गरेको छ ।

सेन्सर बोर्डका एक सदस्यका अनुसार सोमबार यस फिल्मको दोस्रो पटक सेन्सर पास भएको छ ।

ती सदस्यका अनुसार प्रदर्शनरत ‘जारी २’मा केही दृश्य थप्ने निर्णय लिएपछि दोस्रो पटक सेन्सर गरिएको हो ।

यो फिल्म सोमबार चौथौ दिनमा प्रदर्शनरत छ ।

फिल्मका निर्देशक उपेन्द्र सुब्बाका अनुसार दर्शकहरूले उच्च साथ दिएको फिल्ममा थप रोमाञ्चक बनाउने गरी केही दृश्य थप गरिएकाले पुन: सेन्सर गरिएको हो ।

उनले खबरहबसँग भने, ‘झन् राम्रो थिएट्रिकल अनुभव दिन केही दृश्य थपिएको हो । अरु त्यस्तो केही होइन ।’

उनका अनुसार थपिएको दृश्य समावेश भएका फिल्म मंगलबारबाट हेर्न पाइने छ ।

सेन्सर पश्चात केही दृश्य थपिएको अवस्थामा पुन: सेन्सर गर्नुपर्ने कानुनी व्यवस्था छ । अहिले यस्ता विषयमा सेन्सर बोर्डले अनुगमनमा सक्रियता पनि देखाइरहेको छ ।

गत कात्तिक १७ गते सोमबार यो फिल्मको पहिलो पटक सेन्सर पास भएको हो । बोर्डले यो फिल्मलाई यू सर्टिफिकेट (सबै उमेर समूहले हेर्न मिल्ने) दिएको थियो ।

यस फिल्मको लेखक तथा निर्देशक उपेन्द्र सुब्बा हुन् । फिल्ममा नायकहरु दयाहाङ राई, विजय बराल र नायिका मिरुना मगर शीर्ष भूमिकामा छन् ।

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  ५ : ३६ बजे

क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा चुनौती

कपिलवस्तु– कपिलवस्तु कारागारमा क्षमताभन्दा ७६ जना बढी कैदीबन्दी भएकाले व्यवस्थापनमा

देउवा पक्षको सभापति उम्मेदवारका लागि ३० हजार शुल्क, महामन्त्री र उपसभापतिका लागि कति ?

काठमाडौं– नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा पूर्व सभापति शेरबहादुर देउवा पक्षले

स्पेसएक्सको ‘स्टारशिप’ रकेट पहिलोपटक पृथ्वीको कक्षमा पठाउने तयारी

एजेन्सी– एलन मस्कको एरोस्पेस तथा रक्षा कम्पनी स्पेसएक्सले आफ्नो विशाल

प्रतिनिधिसभा बैठक : कसले के-के भने ?

काठमाडौं– प्रतिनिधिसभा आजको आकस्मिक समयमा भाग लिने सांसदहरुले पछिल्लो वर्षासँगैको

प्रचण्ड भन्छन्- विना कारण विशिष्ट व्यक्तिलाई पक्राउ गरिरहे सरकारले ठूलो मूल्य चुकाउनुपर्छ

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले विना कारण