राष्ट्रलाई संकटबाट मुक्त गर्न एमालेको भूमिका सशक्त : महासचिव पोखरेल « Khabarhub

राष्ट्रलाई संकटबाट मुक्त गर्न एमालेको भूमिका सशक्त : महासचिव पोखरेल


२४ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले राष्ट्रलाई संकटबाट बाहिर निकाल्न नेकपा एमालेले सशक्त भूमिका निर्वाह गर्दै आएको बताएका छन् । 

आज यहाँ आयोजित पार्टीको ‘घर फर्क राष्ट्रिय अभियान’ शुभारम्भ कार्यक्रममा महासचिव पोखरेलले नेपालको कम्युनिष्ट आन्दोलनको इतिहासमा देश अप्ठ्यारोमा पर्दा एमालेले सही बाटोमा ल्याउने काम गरेको उल्लेख गरे। 

नेपाली समाजलाई विखण्डनबाट जोगाउने होस् वा राष्ट्रिय स्वतन्त्रता र स्वाभिमान स्थापित गर्ने कुरामा एमालेले सधैँ अगुवाइ गरेको उनले बताए। मनमोहन अधिकारीले सुरु गरेको सामाजिक सुरक्षा कार्यक्रमलाई नेकपा एमाले नेतृत्वको सरकारले विकास र विस्तार गरेको स्मरण उनले गराए।

 एमालेलाई राष्ट्रिय शक्ति बनाउन सबै वामपन्थी, राष्ट्रवादी  शक्ति एमालेमा एकत्रित हुन जरुरी भएको महासचिव  पोखरेलको भनाइ थियो ।

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  ५ : ५८ बजे

अमेरिका-इरान युद्धविरामको प्रभाव: अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो

काठमाडौँ – अमेरिका र इरानबीच युद्धविरामको सहमति भएसँगै विश्व अर्थतन्त्र

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बुधबारकाका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – आज २०८२ साल चैत २५ गते बुधबार वैशाख

पाकिस्तानी मध्यस्थतामा अमेरिका-इरान युद्धविराम: दुई साताका लागि आक्रमण स्थगित

काठमाडौँ – पाकिस्तानी नेतृत्वको सघन कूटनीतिक प्रयासपछि अमेरिका र इरान

अमेरिका र इरानबीच युद्धविरामको सहमति

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा धम्कीपछि अमेरिका र