अर्थसंक्षेप : तल्लो हेवा खोलाका लागि ऋण सम्झौता, नेप्से ओरालोतिर र भैरहवामा विमानस्थल हुँदा-हुँदै भारततिर विमान « Khabarhub

अर्थसंक्षेप : तल्लो हेवा खोलाका लागि ऋण सम्झौता, नेप्से ओरालोतिर र भैरहवामा विमानस्थल हुँदा-हुँदै भारततिर विमान


२४ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

दुई दिन निरन्तर ओरालो नेप्से परिसूचक, सोमबार १५१ वटा कम्पनीको सेयर मूल्य घट्यो

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सेयर कारोबार हुने साताको दुई सुरुवातका दिन परिसूचक निरन्तर ओरालो लागेको छ । आइतबार ३०.०२ अंकले घटेको नेप्से सोमबार ५.८० अंकले घटेको हो ।

सोमबार ४ अर्ब ५१ करोड ४४ लाख ८ हजार रुपैयाँको सेयर कारोबार हुँदा नेप्से घटेर २५६०.२९ बिन्दुमा पुगेको हो ।

सोमबार १५१ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने ९० वटा कम्पनीको सेयर मूल्य बढ्यो । तर, सोमबार ११ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।

तोलामा २ हजार ९ सय रुपैयाँले बढ्यो सुनको मूल्य

दरवाङ–मुना–ढोरपाटन सडक स्तरोन्नति सुरु

तनहुँको नयाँ सहर आयोजना : २० किलोमिटर सडक कालोपत्र

तल्लो हेवा खोला जलविद्युत आयोजनाको ऋण सम्झौता

पाँचथरस्थित तल्लो हेवाखोला जलविद्युत् आयोजनाका लागि लगानी जुटेको छ । पाँच खपन जलविद्युत् प्रालिले निर्माण गर्न लागेको ६ दशमलव ८४ मेगावाट क्षमताको सो आयोजनामा दुई वाणिज्य बैंकले ९८ करोड १७ लाख बराबरको ऋण लगानी गर्ने भएका हुन् ।

सो आयोजानमा सिद्धार्थ बैंकले ५० करोड र राष्ट्रिय वाणिज्य बैंकले ४८ करोड १७ लाख बराबरको ऋण लगानी गर्ने भएका हुन् ।

आयोजना कूल लगानीको ७० प्रतिशत ऋण र ३० प्रतिशत प्रवर्द्धकले लगानी गर्ने छन् । आयोजनाको कूल लागत एक अर्ब ४० करोड २५ लाख बराबर रहेको छ ।

आजदेखि तुरतुरे–चाम्बास दैनिक छ घण्टा बन्द

राजस्व बक्यौता उठाउन ग्राहकलाई ‘एसएमएस’

२३ लाख रुपैयाँ बराबरको अवैध सामान बरामद

भैरहवा विमानस्थल हुँदाहुँदै किन भारततिर मोडिन्छन् विमान ?

शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा रहेको ‘एयर फिल्ड लाइटिङ’ प्रणालीमा समस्या आउँदा उडान र अवतरण करिब साढे ५ घण्टा प्रभावित भयो । त्यस अवधिमा कोरियन एयरको विमान दिल्ली र फ्लाइ दुबईको विमान लखनऊ डाइभर्ट भएको थियो ।

शनिबार मात्र हैन गत वर्ष वैशाख ११ गते फ्लाइ दुबईको विमान त्रिभुवन विमानस्थलबाट उडान भर्ने क्रममा इन्जिनमा आगो लागे पनि विमानका पाइलटले नेपालमा तीनवटा अन्तर्राष्ट्रिय विमानस्थल भए पनि यहाँ अवतरणमा चासो देखाएनन् ।

विमान भैरहवाकै आकाश हुँदै आफ्नो गन्तव्यतर्फ लागेको थियो । गत वर्षकै फागुन १४ गते काठमाडौँको मौसम खराब भएर भारतको नयाँ दिल्लीबाट काठमाडौँ आएको भिस्तारा एयरको विमान र दुबईबाट काठमाडौँ उडेको फ्लाइ दुबईको विमान भारतको पनि लखनऊ डाइभर्ट भएका थिए ।

गृह र अध्यागमनको टोलीले गर्‍यो कोरला नाका अवलोकन

महाकाली करिडोर : योजनामा उत्साह, कार्यान्वयनमा निराशा

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  ७ : १८ बजे

ईश्वर पोखरेललाई ओलीले भने- करकाप र पूर्वसर्त राख्नेहरूसँग सहमति हुँदैन

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ११ औँ

‘एमालेले हेडलाइन बनाउन कुनै कुकुरको खुट्टा टोक्न जाँदैन’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरूका विरोधीहरूबारे तिखो

ईश्वर पोखरेललई ओलीको जवाफ : उपाध्यक्षज्यूलाई किन सन्चो भएन उहाँलाई नै सोध्नुपर्छ

काठमाडौं- जेन-जी आन्दोलनको प्रसंगमा आफूले बयान दिन जानुपर्ने भनेर बुधबार

पनौतीमा पुस पहिलोसाता जिल्लाव्यापी तेक्वान्दो प्रतियोगिता हुँदै

काभ्रेपलाञ्चोक– पनौती नगरपालिकामा आगामी पुस ४ गतेदेखि काभ्रेपलाञ्चोक जिल्लाव्यापी प्रथम

सीमा विवाद र अमेरिकी शुल्क वृद्धिका कारण कम्बोडियाको आर्थिक वृद्धि सुस्त : विश्व बैङ्क

न्होम्पेन- सम्पत्ति क्षेत्रमा गिरावट, थाइल्यान्डसँगको सीमा विवाद र अमेरिकी शुल्क