अर्थसंक्षेप : तल्लो हेवा खोलाका लागि ऋण सम्झौता, नेप्से ओरालोतिर र भैरहवामा विमानस्थल हुँदा-हुँदै भारततिर विमान « Khabarhub

अर्थसंक्षेप : तल्लो हेवा खोलाका लागि ऋण सम्झौता, नेप्से ओरालोतिर र भैरहवामा विमानस्थल हुँदा-हुँदै भारततिर विमान


२४ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

दुई दिन निरन्तर ओरालो नेप्से परिसूचक, सोमबार १५१ वटा कम्पनीको सेयर मूल्य घट्यो

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सेयर कारोबार हुने साताको दुई सुरुवातका दिन परिसूचक निरन्तर ओरालो लागेको छ । आइतबार ३०.०२ अंकले घटेको नेप्से सोमबार ५.८० अंकले घटेको हो ।

सोमबार ४ अर्ब ५१ करोड ४४ लाख ८ हजार रुपैयाँको सेयर कारोबार हुँदा नेप्से घटेर २५६०.२९ बिन्दुमा पुगेको हो ।

सोमबार १५१ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने ९० वटा कम्पनीको सेयर मूल्य बढ्यो । तर, सोमबार ११ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।

तोलामा २ हजार ९ सय रुपैयाँले बढ्यो सुनको मूल्य

दरवाङ–मुना–ढोरपाटन सडक स्तरोन्नति सुरु

तनहुँको नयाँ सहर आयोजना : २० किलोमिटर सडक कालोपत्र

तल्लो हेवा खोला जलविद्युत आयोजनाको ऋण सम्झौता

पाँचथरस्थित तल्लो हेवाखोला जलविद्युत् आयोजनाका लागि लगानी जुटेको छ । पाँच खपन जलविद्युत् प्रालिले निर्माण गर्न लागेको ६ दशमलव ८४ मेगावाट क्षमताको सो आयोजनामा दुई वाणिज्य बैंकले ९८ करोड १७ लाख बराबरको ऋण लगानी गर्ने भएका हुन् ।

सो आयोजानमा सिद्धार्थ बैंकले ५० करोड र राष्ट्रिय वाणिज्य बैंकले ४८ करोड १७ लाख बराबरको ऋण लगानी गर्ने भएका हुन् ।

आयोजना कूल लगानीको ७० प्रतिशत ऋण र ३० प्रतिशत प्रवर्द्धकले लगानी गर्ने छन् । आयोजनाको कूल लागत एक अर्ब ४० करोड २५ लाख बराबर रहेको छ ।

आजदेखि तुरतुरे–चाम्बास दैनिक छ घण्टा बन्द

राजस्व बक्यौता उठाउन ग्राहकलाई ‘एसएमएस’

२३ लाख रुपैयाँ बराबरको अवैध सामान बरामद

भैरहवा विमानस्थल हुँदाहुँदै किन भारततिर मोडिन्छन् विमान ?

शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा रहेको ‘एयर फिल्ड लाइटिङ’ प्रणालीमा समस्या आउँदा उडान र अवतरण करिब साढे ५ घण्टा प्रभावित भयो । त्यस अवधिमा कोरियन एयरको विमान दिल्ली र फ्लाइ दुबईको विमान लखनऊ डाइभर्ट भएको थियो ।

शनिबार मात्र हैन गत वर्ष वैशाख ११ गते फ्लाइ दुबईको विमान त्रिभुवन विमानस्थलबाट उडान भर्ने क्रममा इन्जिनमा आगो लागे पनि विमानका पाइलटले नेपालमा तीनवटा अन्तर्राष्ट्रिय विमानस्थल भए पनि यहाँ अवतरणमा चासो देखाएनन् ।

विमान भैरहवाकै आकाश हुँदै आफ्नो गन्तव्यतर्फ लागेको थियो । गत वर्षकै फागुन १४ गते काठमाडौँको मौसम खराब भएर भारतको नयाँ दिल्लीबाट काठमाडौँ आएको भिस्तारा एयरको विमान र दुबईबाट काठमाडौँ उडेको फ्लाइ दुबईको विमान भारतको पनि लखनऊ डाइभर्ट भएका थिए ।

गृह र अध्यागमनको टोलीले गर्‍यो कोरला नाका अवलोकन

महाकाली करिडोर : योजनामा उत्साह, कार्यान्वयनमा निराशा

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  ७ : १८ बजे

परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी

काठमाडौं– नेपाल अहिले पनि विश्वका धेरै मातृ मृत्युदर भएका देशमा

पाँच वर्षदेखि प्रयोगबिहीन नापी कार्यालयको भवन, किन बनेन क्यान्टिन ?

तेह्रथुम- तेह्रथुम सदरमुकाम म्याङलुङ बजारको केउरेनी लाइन भएर हिँड्ने धेरैको

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

गोरखा– उँभौली पर्व सुरु भएसँगै छ महिनाअघि बेशी झरेका गोठाला भेँडाबाख्रा

बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुम्बासीले टिपाए नाम

काठमाडौं– काठमाडौंको बल्खु र वंशीघाटस्थित सुकुमबासीवस्तीबाट हटाइएकामध्ये शुक्रबार दिउँसोसम्म ५०

सुकुम्वासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर

काठमाडौं– बागमती र त्यसका सहायक नदी किनारबाट हटाइएका सुकुम्वासीका लागि