प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त « Khabarhub

प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त


२४ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


621
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रहरीको महानिरीक्षकमा वरिष्ठत् एआईजी दानबहादुर कार्की नियुक्त भएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठक बिदा भएका चन्द्रकुवेर खापुङको स्थानमा कार्कीलाई आईजीपी बनाउने निर्णय गरेको सरकारका प्रवक्ता जगदीश खरेलले बताए ।

कार्की अहिले काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा कार्यरत छन् । खरेलका अनुसार प्रहरी नियमावलीअनुसार ३० वर्षे सेवा अवधि पूरा भएपछि वर्तमान आईजीपी चन्द्रकुवेर खापुङ कात्तिक २६ गते राति १२ बजेदेखि अनिवार्य अवकाशमा जाने छन्।

त्यसअगाडि नै सरकारले कार्कीलाई नयाँ आईजीपी नियुक्त गरेको हो। नयाँ आईजीपीका लागि कार्कीसहित डा. मनोज केसी, राजन अधिकारी र सिद्धिविक्रम शाह पनि दौडमा थिए ।

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  ६ : ५६ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल