मधेश प्रदेश प्रमुख भण्डारी बर्खास्त « Khabarhub

मधेश प्रदेश प्रमुख भण्डारी बर्खास्त


२४ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


840
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई बर्खास्त गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले भण्डारीलाई पदबाट हटाउने निर्णय गरेको सरकारका प्रवक्ता जगदीश खरेलले बताए ।

भण्डारीले मधेश प्रदेश सरकारमा नेकपा एमाले संसदीय दलका नेता सरोज यादवलाई बर्दिबासको पानस होटलबाटै मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् । त्यससँगै शपतथ कार्यक्रम पनि उक्त होटलमै राखिएको थियो ।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहित सात दलले ७४ जना सांसद जुटाएर सरकारमा दाबी गर्न लागेका बेला रातारात सबैभन्दा ठूलो एमाले यादवलाई मुख्यमन्त्री बनाएपछि भण्डारी विवादमा परेकी थिइन् ।

भण्डारीको उक्त निर्णयका कारण मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयसहित मन्त्रालयहरूमा व्यापक तोडफोड भएको छ।

यादवलाई मुख्यमन्त्री बनाउने निर्णयविरुद्ध कांग्रेससहितका सात दलले सर्वोच्च अदालतमा रिट हाल्दैछन् । भण्डारी आइतबार राति उपचार गराउने भन्दै काठमाडौं हिँडेकी थिइन् । तर उनले बाटैको होटलमा उक्त हर्कत गरेपछि संघीयताकै बदनाम गरेको भन्दै चर्को आलोचना भइरहँदा अन्तरिम सरकारले उनलाई नै बर्खास्त गरिदिएको हो ।

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  ७ : ०३ बजे

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

महेन्द्रनगर (धनुषा)- मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्छ : मन्त्री घिसिङ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

ड्रोन प्रविधि विस्तारका लागि रूसमा जनशक्ति अभाव

मस्को- रूसलाई ड्रोन क्षेत्रमा करिब ४४ हजार दक्ष तथा विशेष

महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान

पोखरा– सिरानमा चाँदीजस्तै टल्किरहेका माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खला । तल

भृकुटीमण्डपमा नेकपाको एकता सन्देश सभा र्‍याली (तस्बिरहरू)

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा