नेपाली फिल्म हेर्न २४ दिनमा झन्डै ६ लाख दर्शक हल पुगे, कति भयो व्यापार ? « Khabarhub

नेपाली फिल्म हेर्न २४ दिनमा झन्डै ६ लाख दर्शक हल पुगे, कति भयो व्यापार ?


२४ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – असोज ३१ देखि कात्तिक २२ सम्मको २४ प्रदर्शन दिनमा पाँच फिल्म हेर्न झन्डै ६ लाख दर्शक हलमा पुगेको पाइएको छ ।

चलचित्र विकास बोर्डका अनुसार फिल्म ‘जेरी अन टप’, ‘सोल्टिनी’, ‘वरिष्ठ बलराम’ ‘मैझारो’ र ‘परान’ हेर्नका लागि पाँच लाख ९८ हजार ६१ वटा टिकट बिक्री भएको हो ।

यी मध्ये धेरै दर्शक नायक अनमोल केसी स्टारर फिल्म ‘जेरी अन टप’ हेर्न हलमा पुगेका छन् । यो फिल्मका लागि तीन लाख ७५ हजार ८१ वटा टिकट बिक्री भएको छ । यसको ग्रस कलेक्सन ११ करोड ७१ लाख ४१ हजार छ ।

कात्तिक १४ बाट प्रदर्शनमा आएको ‘परान’ हेर्नका लागि एक लाख २८ हजार ६७९ टिकट बिक्री भएको छ । सुरुवाती ९ दिनमा यसको व्यापार ३ करोड ७१ लाख ३६ हजार भएको छ । परानमा नीर शाह शीर्ष भूमिकामा छन् ।

त्यस्तै, फिल्म ‘वरिष्ठ बलराम’ हेर्न ८५ हजार ३५६ वटा टिकट बिक्री भएको छ । नायकहरु दयाहाङ राई र विजय बराल शीर्ष भूमिकामा रहेको यो फिल्मको व्यापार दुई करोड ५६ लाख ५७ हजार छ ।

‘मैझारो’ हेर्न ३५ हजार १७६ टिकट बिक्री भएको छ । यसको ग्रस कलेक्सन एक करोड चार लाख २९ हजार छ । यसको शीर्ष भूमिकमा नायक धिरज मगर, नायिकाहरु मिरुना मगर र दिया पुन मगर छन् ।

यी पाँचमध्ये सबैभन्दा कम दर्शक पाउने फिल्म ‘सोल्टिनी’ हो । प्रकाश सपुत र नायिका परीक्षा लिम्बू शीर्ष भूमिकामा रहेको यस फिल्मको ग्रस कलेक्सन २९ लाख ५ हजार मात्रै छ ।

यो अवधिमा दुई फिल्म ‘जारी २’ र ‘मन बिनाको धन’ले दुई प्रदर्शन दिन पार गरे । ती दुई यी दुवै फिल्म उच्च अकुपेन्सीका साथ चले । अर्थात्, यो पछिल्लो २४ दिनमा सात नेपाली फिल्म हेर्न ६ लाख भन्दा बढी दर्शक हलमा पुगेको पाइएको छ ।

दर्शकको यो उपस्थितिलाई पछिल्लो समय सुस्ताएको बक्स अफिस चलायमान भएको रुपमा बुझ्न सकिन्छ ।

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  ७ : २५ बजे

काठमाडौं प्रवासी नेपालीलाई नेपालमा लगानी गर्न अर्थमन्त्रीको आग्रह 

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीलाई नेपालमा ढुक्क

संरक्षणको अभावमा जीर्ण बन्दै कान्तिताल

राँझा– नेपालगञ्ज उपमहानगरपालिका–२२ पुरैनीस्थित कान्तिताल संरक्षणको अभावमा जीर्ण बन्दै गएको

जलविद्युत् आयोजनाको सहयोगमा फेदीखोलामा ट्रस पुल निर्माण

दमौली– तनहुँ जलविद्युत् आयोजनाको सहयोगमा भिमाद नगरपालिका–५ स्थित फेदीखोलामा ट्रस

कांग्रेस संस्थापनइतर समूहको राष्ट्रिय भेलामा विधान संशोधन सहितका प्रतिवेदन पेश

काठमाडौं – काठमाडौंको सुकेधारास्थित एक पार्टी प्यालेसमा जारी नेपाली कांग्रेसको संस्थापनइतर समूहको

पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की– पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता