नेपाल प्रहरीका ३३ औँ आईजीपी कार्कीको कार्यकाल २९ महिना लामो « Khabarhub

नेपाल प्रहरीका ३३ औँ आईजीपी कार्कीको कार्यकाल २९ महिना लामो


२४ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


594
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अनेक अनुमान र आशंकाबीच एआईजीपी दानबहादुर कार्की नेपाल प्रहरीका ३३औं महानिरीक्षक (आईजीपी) बन्न सफल भएका छन् ।

प्रहरीको प्रणाली भत्किने, फेरि बिचौलियाहरू हाबी हुने चर्चाबीच सरकारले कार्कीलाई सोमबारको मन्त्रिपरषद् बैठकमा ३३ औँ आईजीपी बनाएको हो । कार्की एआईजीको वरीयतामा पनि पहिलो नम्बरमा थिए ।

प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ यही कात्तिक २६ गतेदेखि अवकाशमा जानुअघि नै सरकारले कार्कीलाई जेन-जी आन्दोलनपछिको चुनौतीपूर्ण समयमा जिम्मेवारी सुम्पेको हो ।

यही कात्तिक २७ गतेदेखि प्रहरी संगठनको कमान्ड सम्हाल्ने उनका सामु आगामी फागुन २१ गतेका लागि तोकिएको आमनिर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउनु मुख्य चुनौती हुनेछ।

कार्कीले प्रहरी नियमावलीमा उल्लेख भएअनुसार अबको २९ महिना नेतृत्व सम्हाल्नेछन् । उनी अब २०८४ चैत १८ सम्म आईजीपी रहनेछन्। परिस्थिति साधारण हुन्थ्यो भने २०८४ को चुनावको सुरक्षा पनि उनकै काँधमा हुने थियो ।

कार्की २०५४ साल चैत १८ गते प्रहरी सेवामा प्रवेश गरेका थिए। उनी २०८४ सालमा ३० वर्षे सेवा सकेर अनिवार्य अवकाशमा जानेछन्।

कार्कीको जन्म २०२९ साल साउन १५ गते गुल्मीको मालिका गाउँपालिका–७ मा भएको हो । उनी २०६६ सालमा प्रहरी नायब उपरीक्षक (डीएसपी) भए । २०७४ सालमा प्रहरी उपरीक्षक (एसपी), २०७९ सालमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) र २०८१ जेठमा प्रहरी नायव महानिरीक्षक (डिआईजी) मा बढुवा भए । त्यसपछि २०८२ वैशाखमा अतिरिक्त महानिरीक्षक (एआईजी) भएका उनले यही वर्ष प्रहरीको सर्वोच्च पद सम्हाल्ने अवसर पाए ।

उनी गत भदौ २४ गते जेन-जीका नाममा भएको विध्वंशकै बिहान उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा आएका थिए । त्यसदिन काठमाडौं उपत्यकाका अधिकांश प्रहरी कार्यालय ध्वस्त भएका थिए। भदौ २३ को आक्रोशबीच त्यसदिन प्रहरीले संयम्ता अपनाउँदा धेरै प्रहरी कार्यालयमा आक्रमण भएको थियो ।

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  ७ : ४६ बजे

नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार

काठमाडौं– नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधार कार्यले

‘महिला शक्ति जागरण अभियान’ शुभारम्भ

काठमाडौं– नेपालमा दाइजो कुप्रथाको पूर्ण अन्त्य, महिला हिंसा न्यूनीकरण र

‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा

गण्डकी- ‘निम्स दाइ’ को नामले चिनिने विश्वकीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको

विभाजनको डिलमा कांग्रेस : इतरको राष्ट्रिय भेला तयारीबीच संस्थापनले बोलायो केन्द्रीय कार्यसमिति

काठमाडौं- नेपाली कांग्रेसले साउन २४ गते आइतबार केन्द्रीय कार्यसमिति बैठक

एउटै रुटका दुई झरना : जिरीको लौतीसँगै जुँगुको छहरामा आन्तरिक पर्यटक बढे

दोलखा– वर्षायाम सुरु भएसँगै दोलखाका प्राकृतिक झरनाहरूमा आन्तरिक पर्यटकको चहलपहल