ओली भन्छन्ः एमालेमा सबैलाई बस्न मिल्ने फराकिलो ठाउँ छ « Khabarhub

ओली भन्छन्ः एमालेमा सबैलाई बस्न मिल्ने फराकिलो ठाउँ छ


२४ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेमा सबैलाई बस्न मिल्ने फराकिलो स्थान भएको बताएका छन् ।

एमालेद्वारा आज काठमाडौँमा आयोजित ‘घर फर्क राष्ट्रिय अभियान घोषणा’ कार्यक्रममा अध्यक्ष ओलीले जनताले सबैभन्दा बढी भोट लिएको फराकिलो स्थान भएको पार्टी भएको बताएका हुन् ।

‘नेकपा एमाले सानो चित्त भएको, सानो दिल भएको हल्ला चलाइएको छ, देशका जनताले सबैभन्दा बढी भोट भएको, सबैभन्दा धेरै कार्यकर्ता भएको पार्टीलाई साँघुरो चित्त भएको भनिरहेका छन्’, उनले भने, ‘यहाँ कोही पनि खाँदाखाँद गरेर बस्नुपर्ने छैन, फराकिलो ढङ्गले मज्जाले बस्न पाइने स्पेस छ, नेकपा एमालेमा ।’

उनले वर्तमान सरकारलाई तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्ने कार्यभार दिएको भए पनि निर्वाचनभन्दा बाहिरको काममा बढी ध्यान दिएको बताए ।

अध्यक्ष ओलीले प्रत्येक घरघरमा एमालेका युवा रहेको उल्लेख गर्दै भने, ‘एमाले देश बनाउने आशा र भरोसाको केन्द्र हो, फेसबुकको युवा होइन, घरघरको युवा एमालेसँग छ ।’

आज एमाले पुनःप्रवेश गरेकी नेत्री रामकुमारी झाँक्रीले क्रान्तिकारी शक्तिहरू अब अलमल्ल गरेर बस्न नहुने उल्लेख गर्दै एमालेमा फर्किन आह्वान गरिन् । उनले सार्वभौमिकता, सार्वजनिक सम्पत्ति, नागरिक जीवनको रक्षाका लागि एमालेमा आउनुपर्नेमा जोड दिइन् ।

आजै एमालेमा प्रवेश गरे किसान श्रेष्ठले चार वर्षअघि गरेको निर्णय गल्ती थियो भन्ने निष्कर्षका साथ कलम पार्टीलाई बिर्सजन गर्दै एमालेमा प्रवेश गरेको बताए ।

उनले आदर्श, दृष्टि र देशलाई आर्थिक तथा राजनीतिक अवस्थाबाट देशलाई निकास दिने सामथ्र्य एमालेसँगै रहेको बताए ।

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  ८ : ४७ बजे

राष्ट्रपति पौडेलको असावधानीकै कारण प्रतिनिधिसभा विघटन भयो : महेश बर्तौला

काठमाडौं– नेकपा एमालेका नेता महेश बर्तौलाले राष्ट्रपति रामचन्द्र पौडेलकै कारण

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

महेन्द्रनगर (धनुषा)- मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्छ : मन्त्री घिसिङ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

ड्रोन प्रविधि विस्तारका लागि रूसमा जनशक्ति अभाव

मस्को- रूसलाई ड्रोन क्षेत्रमा करिब ४४ हजार दक्ष तथा विशेष

महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान

पोखरा– सिरानमा चाँदीजस्तै टल्किरहेका माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खला । तल