राणा शासनविरुद्ध गणेशमान सतिसालझै अभिनुभयोः पूर्वराष्ट्रपति यादव « Khabarhub

राणा शासनविरुद्ध गणेशमान सतिसालझै अभिनुभयोः पूर्वराष्ट्रपति यादव


२४ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्वराष्ट्रपति डा रामवरण यादवले नेपाली कांग्रेसका संस्थापक नेता तथा लौहपुरुष गणेशमान सिंहको योगदान नेपाली जनताको स्वतन्त्रता, लोकतन्त्र र राष्ट्रिय चेतनाको यात्रामा सदैव अमर रहने बताए ।

आज गणेशमान सिंह तथा जनआन्दोलन सहिद स्मृति शान्ति प्रतिष्ठानले आयोजना गरेको गणेशमान सिंहको १११ औँ जन्मजयन्ती तथा जनआन्दोलन स्वर्ण पदक वितरण समारोहलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति यादवले गणेशमान सिंहले जहानियाँ राणा शासनका विरुद्ध जुन ढङ्गले आन्दोलनको अगुवाइ गरे , त्यो नेपाली इतिहासमा सतिसालझैँ दृढ र अविचलित उदाहरण बनेको उनको भनाइ थियो ।

उनले भने, “गणेशमान सिंहले नेपाली समाजलाई स्वतन्त्रताको बाटो देखाउनुभयो । उहाँको योगदान केवल कांग्रेस पार्टीका लागि मात्रै होइन, सम्पूर्ण नेपाली जनताको लागि थियो । उहाँले देखाएको मार्ग अनुशरण गर्नसके मात्रै देश साँचो अर्थमा समृद्ध र लोकतान्त्रिक बन्न सक्छ ।”

पूर्वराष्ट्रपति डा यादवले गणेशमान सिंहको नेतृत्व, साहस र राष्ट्रप्रेमकै कारण आफू पनि राजनीतिमा प्रवेश गरेको र उनले पार्टी तथा देशको हितलाई सधैँ व्यक्तिगत स्वार्थभन्दा माथि राख्ने असाधारण गुण प्रदर्शन गरेका बताए ।

उनले भने, “गणेशमान सिंहले कहिल्यै पद वा शक्ति खोज्नुभएन । उहाँले पार्टी र देशको हितलाई सधैँ व्यक्तिगत स्वार्थभन्दा माथि राख्नुभयो । त्यही नै उहाँको महानता हो ।”

डा यादवले विसं २०१७ को घटनापछि नेपाली कांग्रेसको नेतृत्वमा विपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईजस्ता नेताहरूको योगदानले देशमा लोकतन्त्रको नयाँ आधार तयार भएको जिकिर गरे ।

उनले भने, “म जनकपुरमा जन्मेको एक साधारण व्यक्ति हुँ । हामीलाई लोकतन्त्रप्रेमी बनाउने प्रेरणा दिने काम विपी, गणेशमान र कृष्णप्रसादबाट आएको हो । काङ्ग्रेसका नेता कार्यकर्ताहरूको पहिचान नै उहाँहरूको त्याग र आदर्शबाट बनेको हो ।”

पूर्वराष्ट्रपति यादवले आफ्नो विद्यार्थी जीवनको पनि स्मरण गर्नुहुँदै आफू डाक्टर पढ्न भारत गएको बेला गणेशमान सिंहले कलकत्तामा रहेका लाखौँ नेपालीहरूका बीचमा डाक्टरको रूपमा सेवा गर्नुहोस् र लोकतन्त्रका विषयमा छलफल गर्नुहोस् भन्ने खालका विशेष सन्देश दिएको बताए ।

उनले भने, “देशका लागि सीपयुक्त प्राविधिक जनशक्ति चाहिन्छ, राम्रोसँग डाक्टर पढेर नेपाल फर्कनुहोस् । उहाँका यी शब्दहरूले मलाई मात्र होइन, हजारौँ युवालाई पनि देश सेवाको बाटोमा अघि बढ्ने प्रेरणा दिएको छ ।”

वरिष्ठ पत्रकार विष्णु निष्ठुरीले नेपाली इतिहास र लोकतन्त्र प्राप्तिका लागि नेपाली पत्रकारको भूमिका महत्वपूर्ण रहेको बताएका थिए । कार्यक्रममा लोकतान्त्रिक आन्दोलनका योद्धा एवं वरिष्ठ पत्रकार विष्णु निष्ठुरीलाई ‘जनआन्दोलन स्वर्ण पदक’ प्रदान गरिएको थियो । सो अवसरमा वक्ताहरूले गणेशमान सिंहको योगदानलाई स्मरण गर्दै उनको आदर्श, निष्ठा र साहस नेपाली राजनीतिका सबै पुस्ताका लागि प्रेरणाको स्रोत रहेको उल्लेख गरेका थिए ।

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  ८ : ५५ बजे

उदयपुरमा तीन हजार ८४८ जना किशोरीलाई ‘एचपीभी’ खोप लगाइने

काठमाडौं– उदयपुरमा तीन हजार ८४८ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको

प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत ८४ लाख ४० हजार मतपत्र छपाइ

काठमाडौं– पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अर्थात् प्रत्यक्ष प्रणालीअन्तर्गत

‘पत्रकारले देश र जनताका पक्षमा निर्भिकताका साथ आफ्नो दायित्व पूरा गर्न अग्रसर रहनु पर्छ’

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले पत्रकारले देश

जन्ती बस दुर्घटना : मृतकका परिवारलाई प्रदेश सरकारले दियो आर्थिक सहयोग

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले बिहीबार राति बैतडीको पुर्चौंडीमा भएको बस

पर्यटकीयस्थल घोडेपानी जोड्ने सडक स्तरोन्नति योजना लक्ष्यअघि नै सम्पन्न

म्याग्दी– अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि पर्यटकीयस्थल घोडेपानी जोड्ने सडक स्तरोन्नतिका