सातहजार रुपैयाँ घुस लिने दीपक पौडेल दोषी ठहर, एक महिना कैद सजाय « Khabarhub

सातहजार रुपैयाँ घुस लिने दीपक पौडेल दोषी ठहर, एक महिना कैद सजाय


२४ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सात हजार रुपैयाँ घुस लिएको अभियोगमा दीपक पौडेल दोषी ठहर भएका छन्। सोमबार विशेष अदालतका न्यायाधीशहरू सुदर्शनदेव भट्ट, नारायणप्रसाद पौडेल र विदुर कोइरालाको संयुक्त इजलासले पौडेललाई एक महिना कैद र सात हजार रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको हो।

अदालतले पौडेललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) बमोजिम कसुरदार ठहर गरेको हो।

पौडेलले अख्तियार र अदालतमा दिएको बयान, उजुरीको विवरण, उजुरकर्ताको बकपत्र, बरामद रकम र उनीहरूबीचको फोन संवादजस्ता प्रमाणका आधारमा अदालत दोषी ठहर गरेको फैसलामा उल्लेख छ।

अदालतले पौडेलबाट ‘अपराध पीडित संरक्षण ऐन, २०७५’ बमोजिम पीडित राहत कोषमा २८० जम्मा गराउनसमेत आदेश दिएको छ।

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  ८ : ५२ बजे

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को