दिल्लीमा शक्तिशाली विष्फोट हुँदा कम्तीमा ८ जनाको मृत्यु « Khabarhub

दिल्लीमा शक्तिशाली विष्फोट हुँदा कम्तीमा ८ जनाको मृत्यु


२४ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


582
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीको लालकिल्ला मेट्रो स्टेसननजिक भएको कार विस्फोटमा कम्तीमा आठ जनाको मृत्यु भएको छ। सोमबार साँझ करिब ६:५५ बजे फोर्ट मेट्रो स्टेशनको पार्किङमा रोकिराखिएको कारमा विष्फोट भएको हो। विस्फोटमा अन्य २४ जना घाइते भएका छन्।

दिल्ली प्रहरीका अनुसार, घटना सोमबार साँझ करिब ७ बजे लालकिल्ला मेट्रो स्टेसनको गेट नम्बर १ नजिक भएको हो।

विस्फोटले वरपरका अन्य तीनदेखि चारवटा गाडीमा पनि आगो लागेको छ। जसकारण ती गाडीहरू जलेर नष्ट भएका छन्।

घटनाको सूचना पाएलगत्तै दिल्ली फायर सर्भिसका सातवटा दमकल घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएका थिए। विस्फोटपछि उक्त क्षेत्रमा भागदौड मच्चिएको र विस्फोटको कारण अझै स्पष्ट भइसकेको छैन।

विष्फोटपछि दिल्ली, मुम्बई, उत्तर प्रदेश र हरियाणामा उच्च सुरक्षा सतर्कता अपनाइएको छ। घटनालगत्तै दिल्ली पुलिसले सम्पूर्ण इलाका ‘सिल’ गरी अनुसन्धान सुरु गरेको छ।

घटनास्थलमा ७ वटा दमकल, दिल्ली प्रहरीको विशेष सेल, फरेन्सिक टोली, राष्ट्रिय अनुसन्धान एजेन्सी र राष्ट्रिय सुरक्षा गार्डको कमाण्डो टोली पुगेर अनुसन्धानलाई तीव्र बनाएको छ।

घाइतेहरूलाई तत्कालनजिकैको लोक नायक जय प्रकाश नारायण अस्पतालमा लगिएको थियो। अस्पतालका मेडिकल सुपरिटेन्डेन्टका अनुसार ८ जनाको अस्पताल ल्याउनुअघि नै मृत्यु भइसकेको थियो भने तीन जनाको अवस्था गम्भीर छ।

दिल्ली विष्फोटपछि उत्तर प्रदेशमा ‘रेड अलर्ट’ जारी गरिएको छ। एडीजी कानुन व्यवस्था अमिताभ यशले राज्यका सबै वरिष्ठ अधिकारीहरूलाई संवेदनशील धार्मिक स्थल, जिल्ला र सीमावर्ती क्षेत्रमा गस्ती र जाँच बढाउन निर्देशन दिएका छन्।

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  ९ : ४३ बजे

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको