संस्कृत विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा शर्मा नियुक्त « Khabarhub

संस्कृत विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा शर्मा नियुक्त


२४ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले नेपाल संस्कृत विश्वविद्यालय सेवा आयोगको अध्यक्ष पदमा प्राध्यापक डा भागवतप्रसाद शर्मालाई नियुक्त गरेकी छन्।

प्रधानमन्त्री कार्कीले नेपाल संस्कृत विश्वविद्यालय ऐन २०४३ को दफा ९ ‘क’ को उपदफा (२) अनुसार दाङ जिल्ला तुलसीपुर उपमहानगरपालिका–१८ का प्राध्यापक शर्मालाई सेवा आयोगको अध्यक्ष पदमा तीन वर्षका लागि नियुक्त गरेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

प्राध्यापक शर्माले यसअघि विश्वविद्यालयको शिक्षाध्यक्ष रही कार्यसम्पादन गरेका थिए।

त्यसैगरी प्रधानमन्त्री कार्कीले विश्वविद्यालयको सोही नियम अनुसार सेवा आयोगको सदस्य पदमा फुङलिङ–३ ताप्लेजुङका प्राध्यापक डा रमेश घिमिरेलाई नियुक्त गरेकी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  १० : ०३ बजे

महोत्तरीका उखु किसानलाई धपेडी

महोत्तरी– महोत्तरीका उखु किसानलाई अहिले धपेडी छ । चैतेबाली लगाउने

‘मैथिली समाज र सभ्यताले सहअस्तित्वमा विश्वास गर्छ’

विराटनगर– मधेस प्रदेशका प्रमुख डा सुरेन्द्र लाभले मैथिली समाज र

प्रधानमन्त्री र शीर्ष नेताबीचको छलफलमा चुनाव गर्ने समझदारी भएको छ : मन्त्री खरेल

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले प्रधानमन्त्री सुशीला कार्की

चीनका कार्यवाहक राजदूत आएसँगै काठमाडौंमा विशेष कार्यक्रम

काठमाडौं– नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष