ताप्लेजुङमा नेपाल–भारत सीमा स्तम्भको संयुक्त अनुगमन « Khabarhub

ताप्लेजुङमा नेपाल–भारत सीमा स्तम्भको संयुक्त अनुगमन


२४ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ – नेपाल–भारत सीमाको ताप्लेजुङ–सिक्किम खण्डमा संयुक्त अनुगमन र गस्ती कार्य सम्पन्न भएको छ। यस क्रममा जीर्ण अवस्थामा रहेका सीमा स्तम्भहरूको मर्मतसमेत गरिएको जिल्ला प्रशासन कार्यालय, ताप्लेजुङले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईंको नेतृत्वमा नेपाली र भारतीय सुरक्षाकर्मीहरू सम्मिलित टोलीले सिदिङवा गाउँपालिका–१ र सिरीजंघा गाउँपालिका–८ अन्तर्गत पर्ने तिम्बुङपोखरी क्षेत्र हुँदै भारतको सिक्किम राज्यको ग्याल्सिङ जिल्लास्थित लामपोखरी सीमाक्षेत्रसम्म स्थलगत अनुगमन गरेको थियो ।

शनिबार सम्पन्न उक्त संयुक्त गस्तीमा नेपालतर्फ सशस्त्र प्रहरी बल नम्बर १ गुल्म हेडक्वार्टर कञ्चनजंघा र भारततर्फ सशस्त्र सीमा बल (एसएसबी)का टोलीहरू सहभागी थिए। टोलीले सीमाक्षेत्रमा रहेको जीर्ण स्तम्भको मर्मत गर्नुका साथै दशगजा क्षेत्रमा सरसफाइ अभियान पनि सञ्चालन गरेको थियो।

सशस्त्र प्रहरी नायब उपरीक्षक प्रमोद प्रकाश पाठकको नेतृत्वमा भएको सो अभियानमा जिल्ला सुरक्षा समितिका पदाधिकारी, स्थानीय प्रशासनका प्रतिनिधि तथा सुरक्षा निकायका अधिकारीहरू समेत सहभागी थिए।

प्रमुख जिल्ला अधिकारी सेढाईंका अनुसार, नेपाल–भारत सीमामा सहकार्य र संयोजनका यस्ता गतिविधि आगामी दिनमा पनि निरन्तर रूपमा सञ्चालन गरिँदै जानेछ। उनले भने, “सीमा सुरक्षामा आपसी विश्वास, पारदर्शिता र सहकार्यले मात्र स्थायी शान्ति र स्थिरता सम्भव हुन्छ।”

स्थानीय सरोकारवाला निकायहरूले यो अभियानलाई सीमाक्षेत्रको सुरक्षामा दिगो संरचना निर्माणतर्फको सकारात्मक कदमका रूपमा स्वागत गरेका छन्।

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  १० : ३२ बजे

वालेन्द्रलाई वर्षमानका १८ सुझाव : खोज तथा उद्धारमा तीव्रतादेखि नेपाल-चीन संयुक्त संयन्त्र निर्माणसम्म

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्य वर्षमान पुन

टनेलमा फसेकाको तत्काल उद्धार गर्न सरकारलाई पूर्वाधार समितिको निर्देशन

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले भाद्र १० गतेको विनाशकारी

क्युरेक्स फर्मास्युटिकल्सको ‘प्यान्टोलोक–डीएसआर’ औषधि बजारबाट फिर्ता गर्न निर्देशन

काठमाडौं– औषधि व्यवस्था विभागले क्युरेक्स फर्मास्युटिकल्स प्रालि, बनेपाद्वारा उत्पादित ‘प्यान्टोलोक–डीएसआर’

बर्नहम–म्याक्रोन वार्ता, बेलायत-फ्रान्स सहकार्य बढ्ने

एजेन्सी– बेलायतका प्रधानमन्त्री एन्डी बर्नहम र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनबीच

आयोजनाका प्राविधिकको सहयोग लिएर लाङटाङको सुरुङबाट सेनाले निकाल्यो दुईजनाको शव

रसुवा- रसुवाको लाङटाङ खोला जलविद्युत् आयोजनाको सुरुङबाट नेपाली सेनाले दुईजना