ताप्लेजुङमा नेपाल–भारत सीमा स्तम्भको संयुक्त अनुगमन « Khabarhub

ताप्लेजुङमा नेपाल–भारत सीमा स्तम्भको संयुक्त अनुगमन


२४ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ – नेपाल–भारत सीमाको ताप्लेजुङ–सिक्किम खण्डमा संयुक्त अनुगमन र गस्ती कार्य सम्पन्न भएको छ। यस क्रममा जीर्ण अवस्थामा रहेका सीमा स्तम्भहरूको मर्मतसमेत गरिएको जिल्ला प्रशासन कार्यालय, ताप्लेजुङले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईंको नेतृत्वमा नेपाली र भारतीय सुरक्षाकर्मीहरू सम्मिलित टोलीले सिदिङवा गाउँपालिका–१ र सिरीजंघा गाउँपालिका–८ अन्तर्गत पर्ने तिम्बुङपोखरी क्षेत्र हुँदै भारतको सिक्किम राज्यको ग्याल्सिङ जिल्लास्थित लामपोखरी सीमाक्षेत्रसम्म स्थलगत अनुगमन गरेको थियो ।

शनिबार सम्पन्न उक्त संयुक्त गस्तीमा नेपालतर्फ सशस्त्र प्रहरी बल नम्बर १ गुल्म हेडक्वार्टर कञ्चनजंघा र भारततर्फ सशस्त्र सीमा बल (एसएसबी)का टोलीहरू सहभागी थिए। टोलीले सीमाक्षेत्रमा रहेको जीर्ण स्तम्भको मर्मत गर्नुका साथै दशगजा क्षेत्रमा सरसफाइ अभियान पनि सञ्चालन गरेको थियो।

सशस्त्र प्रहरी नायब उपरीक्षक प्रमोद प्रकाश पाठकको नेतृत्वमा भएको सो अभियानमा जिल्ला सुरक्षा समितिका पदाधिकारी, स्थानीय प्रशासनका प्रतिनिधि तथा सुरक्षा निकायका अधिकारीहरू समेत सहभागी थिए।

प्रमुख जिल्ला अधिकारी सेढाईंका अनुसार, नेपाल–भारत सीमामा सहकार्य र संयोजनका यस्ता गतिविधि आगामी दिनमा पनि निरन्तर रूपमा सञ्चालन गरिँदै जानेछ। उनले भने, “सीमा सुरक्षामा आपसी विश्वास, पारदर्शिता र सहकार्यले मात्र स्थायी शान्ति र स्थिरता सम्भव हुन्छ।”

स्थानीय सरोकारवाला निकायहरूले यो अभियानलाई सीमाक्षेत्रको सुरक्षामा दिगो संरचना निर्माणतर्फको सकारात्मक कदमका रूपमा स्वागत गरेका छन्।

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  १० : ३२ बजे

मुस्ताङमा हिउँ चितुवा अध्ययन गर्न ‘क्यामेरा ट्यापिङ’ गरिँदै

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा दुर्लभ हिउँ चितुवाको सङ्ख्या पत्ता लगाउन

नागढुङ्गा–नौबिसे सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

काठमाडौं– सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा–नौबिसे–मलेखु सडक खण्ड

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

नेपालगञ्ज–दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण

नेपालगञ्ज– निजी क्षेत्रले नेपालगञ्ज–दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण