एनपीएल इलिमिनेटरमा लुम्बिनी र काठमाण्डु भिड्दै « Khabarhub

एनपीएल इलिमिनेटरमा लुम्बिनी र काठमाण्डु भिड्दै


२४ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को इलिमिनेटरमा आज काठमाण्डु र लुम्बिनी भिड्दै छन्। काठमाण्डु करण केसीको कप्तानीमा मैदानमा हुनेछ भने लुम्बिनी राष्ट्रिय टिमका कप्तान रोहितकुमार पौडेलको टिम हो । अंक तालिकामा तेस्रो र चौथो स्थानमा रहेका दुई टिमले इलिमिनेटरमा भेट पक्का गरेका हुन् ।

मङ्गलबार पहिलो क्वालिफायरबाट सुदूरपश्चिम रोयल्स फाइनल प्रवेश गरिसकेको छ । विराटनगर किङ्ग्सलाई ७७ रनले हराउँदै फाइनल प्रवेश गरेको हो। इलिमिनेटरको विजयी टिमले बिहीबार विराटनगरसँग प्रतिस्पर्धा गर्दै फाइनल यात्रा तय गर्नेछ ।

इलिमिनेटर प्रतिस्पर्धा त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबारबार दिउँसो ४ बजेदेखि शुरु हुँदैछ।

एनपीएल पहिलो सिजनमा लिग चरणबाट बाहिरिएका दुवै टिम यो सिजन इलिमिनेटरबाट उपाधि यात्रामा अगाडि बढ्ने योजनाका साथ मैदानमा हुनेछन् । यो सिजन लिग चरणको भेटमा काठमाण्डुसँग २२ रनले पराजित भएको लुम्बिनी इलिमिनेटरमा बदला लिने तयारीका साथ मैदानमा हुनेछ । लिग चरणमा राम्रो प्रदर्शन गर्दै आएको काठमाण्डुले उपाधि जित्ने लक्ष्य लिएको छ ।

लिग चरणका सात प्रतिस्पर्धामा काठमाण्डुले दुई खेल गुमाएको थियो । पाँच खेलमा विजयी भएको काठमाण्डु सुदूरपश्चिम र विराटनगरसँग पराजित भएको टिम हो । लुम्बिनी भने चार खेलमा विजयी हुँदै प्लेअफ पुगेको हो । प्लेअफमा लुम्बिनी चौथो र काठमाण्डु तेस्रो स्थान बनाउँदै इलिमिनेटरमा भेट पक्का गरेका हुन्।

प्रकाशित मिति : २४ मंसिर २०८२, बुधबार  ६ : २२ बजे

कमजोरी नसच्चाए सरकार आफैँ पतनको बाटोमा जान्छ : सांसद शाही 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्र बहादुर शाहीले सरकारले आफ्नो

जिल्ला अस्पताल बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप

बाजुरा– जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बिरामीको चाप

भदौको करदाता प्रोत्साहन पुरस्कार, ३२ जनालाई एक-एक लाख, २ जनालाई बम्पर

काठमाडौं– सरकारले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत भाद्र महिनाको पुरस्कार घोषणा गरेको

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को

सानेपा पुगेका मीन विश्वकर्माले भने- ‘शेरबहादुर दाइ अब सर्वोच्च नेता, अरू सबैलाई मिलाउँछौँ’

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने मीन विश्वकर्मा