एनपीएलः सर्वाधिक विकेट लिनेको सूचीमा अविनास अगाडि बढ्दा पछाडि परे सन्दीप « Khabarhub

एनपीएलः सर्वाधिक विकेट लिनेको सूचीमा अविनास अगाडि बढ्दा पछाडि परे सन्दीप


२४ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


624
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)मा सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा सन्दीप लामिछाने पछाडि परेका छन्।
पहिलो क्वालिफायरमा विराटनगरका कप्तान सन्दीप लामिछाने विकेट बिहीन बन्दा सुदूरपश्चिमका अविनास बोहरा सर्वाधिक विकेट लिने खेलाडी बनेका हुन्।

आठ खेलमा २५ ओभर एक बल खेल्दा १५१ बल फाल्दै अविनासले १९४ रन खर्चिएर १६ विकेट हात पारेका हुन्। पहिलो क्वालिफायरमा विराटनगरविरुद्धको बलिङमा दुई विकेट हात पारेसँगै अविनास सर्वाधिक विकेट लिने खेलाडी बनेका हुन्। १६ विकेट हात पारेसँगै अविनास सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा पहिलो नम्बरमा छन्।

दोस्रो नम्बरमा रहेका सन्दीप लामिछानेले समान आठ खेल खेल्दा ३२ ओभर बलिङ गर्दै १५९ रन खर्चिएर १५ विकेट हात पारेका छन्। उनी सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा दोस्रो नम्बरमा छन्।

अविनासको टिम फाइनल प्रवेश गरिसकेको छ भने सन्दीपको टिमले इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर प्रतिस्पर्धा गर्दैछ। यी दुवै खेलाडीले थप विकेट लिने सम्भावना जीवितै छ।

१२ विकेट लिएका साहब आलम काठमाण्डु गोर्खाजका खेलाडी हुन्। उनले सात खेलमा २४ ओभर बलिङ गर्दै १२ विकेट लिएका छन्। उनीसँग प्रतिस्पर्धामा रहेका सुदूरपश्चिका हरमित सिंह र काठमाडौंका कप्तान करण केसीले समान १२–१२ विकेट हात पारेका छन्।

सर्वाधिक विकेट लिने खेलाडी सुदूरपश्चिम, विराटनगर र काठमाण्डुका भएकाले अझै यो प्रतिस्पर्धा रोचक बन्ने देखिन्छ।

प्रकाशित मिति : २४ मंसिर २०८२, बुधबार  १० : ०४ बजे

दैलेखका तीन हजार बढी सुकुमवासी लालपुर्जाको पर्खाइमा

दैलेख– कर्णाली प्रदेशको पहाडी भूगोलमा अवस्थित दैलेख जिल्लामा परापूर्वकालदेखि खोला

काभ्रेमा मतदाता नामावलीबाट २ हजार ६०२ जनाको नाम हटाइयो

बनेपा – काभ्रेमा मृत्यु, दोहोरो दर्ता र नागरिकता परित्याग गरेका २

मध्यावधि चुनावअघि अमेरिकाले इरानमाथि आक्रमण नगर्ने

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने अमेरिकी मध्यावधि

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा

कोरला नाकाबाट ५४३ टन फलफूल आयात

मुस्ताङ– चीनबाट एघार दिनको अवधिमा पाँच सय ४३ टन फलफूल