एनपीएलः सर्वाधिक विकेट लिनेको सूचीमा अविनास अगाडि बढ्दा पछाडि परे सन्दीप « Khabarhub

एनपीएलः सर्वाधिक विकेट लिनेको सूचीमा अविनास अगाडि बढ्दा पछाडि परे सन्दीप


२४ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


624
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)मा सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा सन्दीप लामिछाने पछाडि परेका छन्।
पहिलो क्वालिफायरमा विराटनगरका कप्तान सन्दीप लामिछाने विकेट बिहीन बन्दा सुदूरपश्चिमका अविनास बोहरा सर्वाधिक विकेट लिने खेलाडी बनेका हुन्।

आठ खेलमा २५ ओभर एक बल खेल्दा १५१ बल फाल्दै अविनासले १९४ रन खर्चिएर १६ विकेट हात पारेका हुन्। पहिलो क्वालिफायरमा विराटनगरविरुद्धको बलिङमा दुई विकेट हात पारेसँगै अविनास सर्वाधिक विकेट लिने खेलाडी बनेका हुन्। १६ विकेट हात पारेसँगै अविनास सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा पहिलो नम्बरमा छन्।

दोस्रो नम्बरमा रहेका सन्दीप लामिछानेले समान आठ खेल खेल्दा ३२ ओभर बलिङ गर्दै १५९ रन खर्चिएर १५ विकेट हात पारेका छन्। उनी सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा दोस्रो नम्बरमा छन्।

अविनासको टिम फाइनल प्रवेश गरिसकेको छ भने सन्दीपको टिमले इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर प्रतिस्पर्धा गर्दैछ। यी दुवै खेलाडीले थप विकेट लिने सम्भावना जीवितै छ।

१२ विकेट लिएका साहब आलम काठमाण्डु गोर्खाजका खेलाडी हुन्। उनले सात खेलमा २४ ओभर बलिङ गर्दै १२ विकेट लिएका छन्। उनीसँग प्रतिस्पर्धामा रहेका सुदूरपश्चिका हरमित सिंह र काठमाडौंका कप्तान करण केसीले समान १२–१२ विकेट हात पारेका छन्।

सर्वाधिक विकेट लिने खेलाडी सुदूरपश्चिम, विराटनगर र काठमाण्डुका भएकाले अझै यो प्रतिस्पर्धा रोचक बन्ने देखिन्छ।

प्रकाशित मिति : २४ मंसिर २०८२, बुधबार  १० : ०४ बजे

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।