लाटोकोसेरो संरक्षित क्षेत्र बन्यो बास्कुना « Khabarhub

लाटोकोसेरो संरक्षित क्षेत्र बन्यो बास्कुना


२४ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– बेनी नगरपालिका–४ बास्कुनामा रहेको देउरालीपाखा सामुदायिक वनलाई सङ्कटापन्न पन्छी लाटोकोसेरो संरक्षण क्षेत्र बनाइएको छ । 

करिब २१ दशमलव ६५ हेक्टर क्षेत्रफलमा फैलिएको वनमा पाइने लाटोकोसेरो जोगाउन र पर्यापर्यटनको उद्देश्यले संरक्षण क्षेत्र बनाइएको हो । देउरालीपाखा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष भीम थापाले संरक्षण क्षेत्र घोषणा र सचेतनामूलक कार्यक्रमका सञ्चालन भएपछि लाटोकोसेरो प्रशस्त देखिन थालेका बताए। 

‘वयट्ली फण्ड फर नेचर (डब्लुएफएन) अवार्डको सहयोगमा प्रकृतिका साथी संस्थाले डिभिजन वन कार्यालयसँगको समन्वयमा एक वर्षअघि घोषणा गरेको देउरालीपाखा सामुदायिक वनलाई लाटोकोसेरो संरक्षण विशेष तथा गुलेली प्रतिबन्धित क्षेत्र प्रभावकारी बनेको छ’, उनले भने, ‘यो वन क्षेत्रभित्र गुलेली प्रयोग गरी चरा मार्न, लाटोकोसेरोको गुँड भएको रुख काट्न तथा यिनको शिकार गर्न पूर्ण रुपमा प्रतिबन्ध लगाएका छौँ ।’

अध्यक्ष थापाका अनुसार एक वर्षअघि गरिएको अध्ययनका क्रममा बास्कुना क्षेत्रमा नेपालमा पाइने २३ मध्ये दुई प्रजातिका लाटोकोसेरो भेटिएका थिए । बेनी–४ का वडासदस्य तथा बास्कुनाका बासिन्दा सन्दीप खत्रीले लाटोकोसेरोको संरक्षणसँगै बास्कुना कृषि र पर्यापर्यटनको गन्तव्य बनाउन लागिएको बताए। 

झण्डै २५ घरधुरीको बसोबास रहेको बास्कुना गाउँभरि सुन्तलाखेती भएको छ । सुन्तला बगैँचाको वरपरको जङ्गलमा लाटोकोसेराको बासस्थान छ । राति र साँझको समयमा लाटोकोसेराको आवाज सुन्न सकिन्छ । ठूला र बूढा रूख लाटोकोसेरोको बासस्थान हुन् । आधुनिक घर बनाउने क्रमसँगै पुराना घरमा बनाइने खोपीमा बस्ने र सन्तान उत्पादन गर्ने लाटोकोसेरोमैत्री संरचनाको अभाव भएको छ । 

सुरक्षित आहाराको कमी, कृषिमा प्रयोग हुने रासायनिक मल तथा विषादीको बढ्दो प्रयोगका कारणले पनि लाटोकोसेरो लोप हुने अवस्थामा पुगेको संरक्षणविद् डा हुम गुरुङले बताए। 

‘नेपालमा २३ प्रजातिका लाटोकोसेरो पाइन्छन्’, उनले बताए, ‘तीमध्ये नौ प्रजाति राष्ट्रिय रुपमा संकटापन्न अवस्थामा रहेको अध्ययनले देखाएको छ ।’
    
लाटोकोसेरोले मुसा खाएर किसानको बालीनाली जोगाउन भूमिका खेल्छ । यसैले लाटोकोसेरोलाई किसानको साथी पनि भनिन्छ । यसका साथै अन्य हानिकारक कीरा, फट्याङ्ग्रा, सर्प, छेपारोलगायत जीवलाई आहारा बनाएर लाटोकोसेरोले पारिस्थितिक प्रणालीलाई सन्तुलित राख्न र सनातन खाद्य चक्रलाई गतिशील बनाउन भूमिका खेलेको छ ।

लाटोकोसेरो संरक्षणका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र वन तथा भूसंरक्षण विभागले १० वर्षे लाटोकोसेरो तथा हुचिल संरक्षण कार्ययोजना (सन् २०२०–२०२९) लागू गरेको डिभिजन वन कार्यालयका वन अधिकृत चन्द्रमणि सापकोटाले बताए। उनका अनुसार यस योजनाले लाटोकासेरो संरक्षण र चोरी सिकार नियन्त्रण हुने विश्वास गरिएको छ । 

प्रकाशित मिति : २४ मंसिर २०८२, बुधबार  १ : ०८ बजे

एमाले अध्यक्ष ओलीको बन्दीप्रत्यक्षीकरण निवेदनमा आज सुनुवाइ हुँदै

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पक्राउविरुद्ध सर्वोच्च अदालतमा

इलामको सूर्योदयमा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरु

इलाम– सूर्योदय नगरपालिकामा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरुआत गरिएको

झापामा चन्द्रगढी महिला गोल्डकप हुँदै

झापा– भद्रपुरस्थित मेची रङ्गशालामा चन्द्रगढी महिला गोल्डकप आगामी वैशाख ५

रसुवाको गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

रसुवा– डडेलोका कारण उजाड बनेको यहाँको गतलाङस्थित वन क्षेत्रलाई पुनः

कलाकार समेत रहेका प्रधानमन्त्री बालेनको सुधार सूचीमा किन परेन फिल्म क्षेत्र ?

काठमाडौँ- चलचित्र विकास बोर्डको तथ्याङ्क हेर्दा वार्षिक रुपमा औसत ६०