नेपाल रेडियोलोजिस्ट्स एसोसिएसनले मनायो ३१औँ स्थापना दिवस « Khabarhub

नेपाल रेडियोलोजिस्ट्स एसोसिएसनले मनायो ३१औँ स्थापना दिवस


२४ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल रेडियोलोजिस्ट्स एसोसिएसन (एनआरए) ले आफ्नो ३१औँ स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ । 

स्थापना दिवसको अवसरमा एसोसिएसनले देशभर कार्यरत रेडियोलोजिस्ट चिकित्सकहरू, ज्येष्ठ सदस्यहरू र शुभेच्छुकहरूप्रति हार्दिक शुभकामना व्यक्त गरेको छ । 

एसोसिएसनका अध्यक्ष डा. तेजेन्द्र कार्कीद्वारा जारी शुभकामना सन्देशमा रेडियोलोजी सेवाको प्रवर्द्धन, सेवाको गुणस्तर अभिवृद्धि, पेशागत मर्यादाको संरक्षण तथा जनस्वास्थ्य समुन्नतिप्रति (एनआए) निरन्तर क्रियाशील रहँदै आएको उल्लेख गरिएको छ ।

स्थापना दिवसको अवसरमा वातावरण संरक्षण र सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै वृक्षारोपण कार्यक्रम समेत सञ्चालन गरिएको थियो । 

यसले जनस्वास्थ्य र वातावरणीय सन्तुलनप्रति एसोसिएसनको प्रतिबद्धता झल्काएको अध्यक्ष कार्कीले बताएका छन् । 

वृक्षारोपण कार्यक्रम इटहरी, पोखरा, भरतपुर, वीरगन्ज, काठमाडौं लगायत देशभरका विभिन्न स्थानमा सम्पन्न भएको थियो । विभिन्न वनजातीका वृक्षारोपण गरिएको थियो ।

सन्देशमा आधुनिक प्रविधिमैत्री रेडियोलोजी सेवा देशभर विस्तार गर्ने, रेडियोलोजिस्टहरूको पेशागत अधिकार र हितको संरक्षण गर्ने तथा सेवाको समान पहुँच सुनिश्चित गर्न (एनआरए) निरन्तर सक्रिय रहने दृढ सङ्कल्प व्यक्त गरिएको छ ।

नेपाल रेडियोलोजिस्ट्स एसोसिएसनले सदस्यहरूको एकता, सहभागिता र सहयोगलाई आफ्नो प्रमुख शक्ति मान्दै आगामी दिनहरूमा अझ प्रभावकारी, उत्तरदायी र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ । 

अन्त्यमा, एसोसिएसनले आफ्नो ३१औँ स्थापना दिवसको अवसरमा सम्पूर्ण रेडियोलोजी समुदायलाई हार्दिक शुभकामना व्यक्त गरेको छ ।

प्रकाशित मिति : २४ मंसिर २०८२, बुधबार  २ : १२ बजे

सरकारले ७८ गाउँपालिकामा खटायो प्रमुख प्रशासकीय अधिकृत

काठमाडौं- सरकारले ७८ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाएको छ ।

रमेश लेखकलाई थप दुई दिन हिरासतमा राख्न अनुमति

काठमाडौं – नेपाली कांग्रेसका नेता तथा निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध

संसद् सुरू भइसक्दा पनि कांग्रेसले छान्न सकेन दलको नेता

काठमाडौं- २१ फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनमा होमिएका ६५ मध्ये ६

स्ट्रेट अफ हर्मुज सञ्चालनका लागि सैन्य अभियान अवास्तविक : म्याक्रोँ

सोल- फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले बिहीबार ‘स्ट्रेट अफ हर्मुज’ लार्य

केपी ओलीलाई थप दुई दिन हिरासतमा राख्न अनुमति

काठमाडौं- ज्यानसम्बन्धी कसुरमा गत शनिबार पक्राउ परेका नेकपा एमालेका अध्यक्ष