नेपाल रेडियोलोजिस्ट्स एसोसिएसनले मनायो ३१औँ स्थापना दिवस « Khabarhub

नेपाल रेडियोलोजिस्ट्स एसोसिएसनले मनायो ३१औँ स्थापना दिवस


२४ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल रेडियोलोजिस्ट्स एसोसिएसन (एनआरए) ले आफ्नो ३१औँ स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ । 

स्थापना दिवसको अवसरमा एसोसिएसनले देशभर कार्यरत रेडियोलोजिस्ट चिकित्सकहरू, ज्येष्ठ सदस्यहरू र शुभेच्छुकहरूप्रति हार्दिक शुभकामना व्यक्त गरेको छ । 

एसोसिएसनका अध्यक्ष डा. तेजेन्द्र कार्कीद्वारा जारी शुभकामना सन्देशमा रेडियोलोजी सेवाको प्रवर्द्धन, सेवाको गुणस्तर अभिवृद्धि, पेशागत मर्यादाको संरक्षण तथा जनस्वास्थ्य समुन्नतिप्रति (एनआए) निरन्तर क्रियाशील रहँदै आएको उल्लेख गरिएको छ ।

स्थापना दिवसको अवसरमा वातावरण संरक्षण र सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै वृक्षारोपण कार्यक्रम समेत सञ्चालन गरिएको थियो । 

यसले जनस्वास्थ्य र वातावरणीय सन्तुलनप्रति एसोसिएसनको प्रतिबद्धता झल्काएको अध्यक्ष कार्कीले बताएका छन् । 

वृक्षारोपण कार्यक्रम इटहरी, पोखरा, भरतपुर, वीरगन्ज, काठमाडौं लगायत देशभरका विभिन्न स्थानमा सम्पन्न भएको थियो । विभिन्न वनजातीका वृक्षारोपण गरिएको थियो ।

सन्देशमा आधुनिक प्रविधिमैत्री रेडियोलोजी सेवा देशभर विस्तार गर्ने, रेडियोलोजिस्टहरूको पेशागत अधिकार र हितको संरक्षण गर्ने तथा सेवाको समान पहुँच सुनिश्चित गर्न (एनआरए) निरन्तर सक्रिय रहने दृढ सङ्कल्प व्यक्त गरिएको छ ।

नेपाल रेडियोलोजिस्ट्स एसोसिएसनले सदस्यहरूको एकता, सहभागिता र सहयोगलाई आफ्नो प्रमुख शक्ति मान्दै आगामी दिनहरूमा अझ प्रभावकारी, उत्तरदायी र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ । 

अन्त्यमा, एसोसिएसनले आफ्नो ३१औँ स्थापना दिवसको अवसरमा सम्पूर्ण रेडियोलोजी समुदायलाई हार्दिक शुभकामना व्यक्त गरेको छ ।

प्रकाशित मिति : २४ मंसिर २०८२, बुधबार  २ : १२ बजे

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

जानकी–  ‘सीप सिकौँ, स्वरोजगार बनौँ’ भन्ने मूल नाराका साथ बाँकेमा

रामेछापका जुनार किसानको सक्रियता बढ्यो

मन्थली– पर्याप्त जुनार उत्पादन हुने रामेछापमा अहिले जुनारको बिक्रीमा किसानको

काठमाडौंले लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल)को इलिमिनेटर खेलमा काठमाडौं गोर्खाले लुम्बिनी लायन्सविरुद्ध

पद्मा अर्याल भन्छिन् : एमालेले दलका लागि होइन, देशका लागि नेतृत्व छान्छ

काठमाडौँ : नेकपा (एमाले) ११औँ राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र

दुई कार्यकाल फर्काएर एमाले सामूहिक नेतृत्वमा चल्नुपर्छ : गोकर्ण विष्ट

काठमाडौं- नेकपा (एमाले) का सचिव गोकर्ण विष्टले एघारौँ महाधिवेशनमा भदौ