भन्सार एजेन्टको आन्दोलन फिर्ता, माग कार्यान्वयन गर्दै जाने विभागको निर्णय « Khabarhub

भन्सार एजेन्टको आन्दोलन फिर्ता, माग कार्यान्वयन गर्दै जाने विभागको निर्णय


२४ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पेन डाउन गरेर आन्दोलनमा उत्रिएका भन्सार एजेन्टहरूले आन्दोलन फिर्ता लिएका छन् । 

बुधबार भन्सार एजेन्ट महासंघ र भन्सार विभागबीच भएको वार्तामार्फत आन्दोलनमार्फत उठाइएका माग सम्बोधन गर्ने सहमति भएपछि एजेन्टहरूले आन्दोलन स्थगित गरेका हुन् ।

भन्सार ऐन २०८२ मा समावेश गरिएका कतिपय प्रावधानहरूले भन्सार एजेन्टहरूको पेशागत हकहित, काम गर्ने सहजता तथा अन्तर्राष्ट्रिय व्यापार सहजीकरणमा समेत नकारात्मक असर पुर्‍याउने वातावरण सृजना भएको हुँदा विरोध स्वरूप भन्सार एजेन्ट महासंघ नेपालले आन्दोलन सुरु गरेको र विभागसँग छलफल भई सकारात्मक रूपमा महासंघका माग सम्बोधन भएकाले पेन डाउन कार्यक्रम फिर्ता लिएको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

भन्सार विभागले पनि बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै विभाग र सम्बन्धित कार्यालयबाट सम्बोधन हुने माग क्रमशः कार्यान्वयन गर्दै जाने र नियमावलीमार्फत सम्बोधन गर्नुपर्ने उपयुक्त विषयमा अर्थ मन्त्रालयमा अवगत गराउने जनाएको छ ।

प्रकाशित मिति : २४ मंसिर २०८२, बुधबार  २ : ५० बजे

दूध, दही र घिउसमेत त्याग्ने जीवनशैली ! के हो भेगन ?

हाम्रो समाजमा शाकाहारी र मांसाहारीबारे धेरैलाई थाहा छ। कसैले मासु

तीन दिनको माैसम पूर्वानुमान : कस्तो होला दसैँको माैसम ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी तीन

निकुञ्ज चाडपर्व लक्षित सुरक्षा योजना : तालिम प्राप्त कुकुरद्वारा निगरानी

चितवन – चितवन राष्ट्रिय निकुञ्जले चाडपर्व लक्षित गर्दै सुरक्षा रणनीति

विश्वकप लिग-२ : जित्नैपर्ने खेलमा ओमानसँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय (ओडीआई) शृङ्खलाको अन्तिम

विभिन्न भागमा मुख्य राजमार्ग तथा सडक खण्ड अवरुद्ध

काठमाडौँ – लगातारको बाढी र पहिरोका कारण देशका विभिन्न भागमा मुख्य