अफगानिस्तानमा ब्वाँसोको आक्रमणबाट सात जना घाइते « Khabarhub

अफगानिस्तानमा ब्वाँसोको आक्रमणबाट सात जना घाइते


२४ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– पूर्वी अफगानिस्तानको नङ्गरहार प्रान्तको एउटा गाउँमा मंगलबार राति भएको दुर्लभ ब्वाँसोको आक्रमणबाट सात जना घाइते भएको प्रान्तीय जनस्वास्थ्य विभागका प्रवक्ता नकीबुल्लाह रहिमीले बुधबार बताएका छन् ।  

रहिमीका अनुसार भोक लागेको ब्वाँसो नाजियान जिल्लाको सुरुबी सस्मा क्षेत्रको आवासीय क्षेत्रमा प्रवेश गरेर गाउँलेहरूलाई आक्रमण गरी सात जनालाई घाइते बनाएको थियो । सबै घाइतेहरूलाई तत्कालै उपचारका लागि नजिकैको स्वास्थ्य केन्द्रमा लगिएकोसमेत रहीमीले बताए । 

आक्रमण मानव-वन्यजन्तुबीच उत्पन्न द्वन्द्वको वृद्धिको कारण भएको जनाइएको छ । कठोर जाडोको कारण ब्वाँसो , चितुवा लगायतका शिकारी जनावरहरूलाई अफगानिस्तानको दुर्गम पहाडहरूबाट खानाको खोजीमा जनसङ्ख्या भएका क्षेत्रहरूमा आउन बाध्य पारेको जनाइएको छ ।  

यस अघि, उत्तरी बदख्सान प्रान्तको दुर्गम गाउँमा एउटा चितुवाले स्थानीयको गाईवस्तुको समुहमा आक्रमण गरी एकै पटकमा ४५ वटा भेडाको हत्या गरेको थियो ।

प्रकाशित मिति : २४ मंसिर २०८२, बुधबार  ३ : ०० बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली