अफगानिस्तानमा ब्वाँसोको आक्रमणबाट सात जना घाइते « Khabarhub

अफगानिस्तानमा ब्वाँसोको आक्रमणबाट सात जना घाइते


२४ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– पूर्वी अफगानिस्तानको नङ्गरहार प्रान्तको एउटा गाउँमा मंगलबार राति भएको दुर्लभ ब्वाँसोको आक्रमणबाट सात जना घाइते भएको प्रान्तीय जनस्वास्थ्य विभागका प्रवक्ता नकीबुल्लाह रहिमीले बुधबार बताएका छन् ।  

रहिमीका अनुसार भोक लागेको ब्वाँसो नाजियान जिल्लाको सुरुबी सस्मा क्षेत्रको आवासीय क्षेत्रमा प्रवेश गरेर गाउँलेहरूलाई आक्रमण गरी सात जनालाई घाइते बनाएको थियो । सबै घाइतेहरूलाई तत्कालै उपचारका लागि नजिकैको स्वास्थ्य केन्द्रमा लगिएकोसमेत रहीमीले बताए । 

आक्रमण मानव-वन्यजन्तुबीच उत्पन्न द्वन्द्वको वृद्धिको कारण भएको जनाइएको छ । कठोर जाडोको कारण ब्वाँसो , चितुवा लगायतका शिकारी जनावरहरूलाई अफगानिस्तानको दुर्गम पहाडहरूबाट खानाको खोजीमा जनसङ्ख्या भएका क्षेत्रहरूमा आउन बाध्य पारेको जनाइएको छ ।  

यस अघि, उत्तरी बदख्सान प्रान्तको दुर्गम गाउँमा एउटा चितुवाले स्थानीयको गाईवस्तुको समुहमा आक्रमण गरी एकै पटकमा ४५ वटा भेडाको हत्या गरेको थियो ।

प्रकाशित मिति : २४ मंसिर २०८२, बुधबार  ३ : ०० बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन