पद्मा अर्याल भन्छिन् : एमालेले दलका लागि होइन, देशका लागि नेतृत्व छान्छ « Khabarhub

पद्मा अर्याल भन्छिन् : एमालेले दलका लागि होइन, देशका लागि नेतृत्व छान्छ


२४ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : नेकपा (एमाले) ११औँ राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र नेतृत्व चयनको प्रक्रिया र आन्तरिक लोकतन्त्रबारे बहस तीव्र बनेको छ।

महाधिवेशन प्रचार समिति प्रमुख पद्मा अर्यालले एमालेले दलको लागि मात्र नभएर देशको आवश्यकता पूरा गर्ने नेतृत्व चयन गर्ने बताएकी छन्।

पार्टीले विश्व समुदायसँग सिधा बहस गर्न सक्ने, ठोस विचार राख्न सक्ने, राष्ट्रिय-अन्तर्राष्ट्रिय चुनौती बुझ्न सक्ने, क्षमतावानमध्येबाट सर्वश्रेष्ठ व्यक्ति छान्ने तयारी गरेको उनले बताइन् ।

‘सर्वस्वीकार्य नेतृत्व छान्नु नै राम्रो हो। देश निर्माणमा अडान, योजना र स्पष्ट एजेन्डा राख्न सक्ने क्षमता अनिवार्य छ,’ अर्यालले भनिन्।

अर्यालले नेतृत्व चयनमा सहमति पहिलो प्राथमिकता हुने तर सहमति नजुटे मर्यादित र स्वस्थ प्रतिस्पर्धा अपरिहार्य हुने स्पष्ट पारिन्।

‘पार्टीभित्रको आन्तरिक लोकतन्त्रको संस्कार सुरू गर्ने दल एमाले नै हो। त्यसैले प्रतिस्पर्धा कुनै असामान्य कुरा होइन,’ उनले भनिन्।

यसपटकको ११औं महाधिवेशनलाई उनले ऐतिहासिक भनिन्। भक्तपुरको सल्लाघारीमा हुने उद्घाटन सभालाई उनले ‘इतिहासमा दस्तावेज भएर बस्ने सभा’ का रूपमा चित्रण गरिन्। विश्व सम्पदा सूचीमा अटाएको चाँगुनारायण मन्दिर परिसरमा विशेष सांस्कृतिक सन्देशसहितको कार्यक्रम गरिने पनि उनले बताइन् ।

अर्यालले पार्टीभित्र वैचारिक एकता उच्च रहेको दाबी गर्दै भनिन्, ‘एमालेभित्र वैचारिक भिन्नता छैन। जनताको बहुदलीय जनवाद विरोधी कोही छैन। पदका लागि प्रतिस्पर्धा स्वभाविक हो, तर सिद्धान्तमा कुनै मतभेद छैन।’

देश निर्माणमा एमाले अहिले विकल्पहीन शक्तिको रूपमा स्थापित भइसकेको उनले बताइन्। ‘अब एकता र बलियो संगठन आवश्यक छ। यो महाधिवेशन नेतृत्व छनोटमा नै केन्द्रित हुनेछ,’ उनले भनिन्।

फरक मत वा आन्तरिक बहसबारे उनले छलफल गर्ने–नगराउने कुराहरू बन्दसत्रमै समेटिने बताइन् ।

अर्यालले आफू कतै पदको आकांक्षी नभएको स्पष्ट पारिन् । ‘म कुनै पद माग्दिन। जहाँ आवश्यक हुन्छु, पार्टी नेतृत्वले अनुभव गराओस्। पाएको जिम्मेवारी पूरा गर्न म तैयार छु’, उनले थपिन् ।

अध्यक्ष केपी शर्मा ओलीबारे ईश्वर पोखरेल पक्षका नेतृहरूका आरोपबारे उनले टिप्पणी गरिन्। ‘केपी शर्मा ओली महिला–मैत्री छैनन् भन्ने कुरा तथ्यमा आधारित छैन। त्यो केही व्यक्तिको आरोप र आक्रोश मात्रै हो,’ उनले भनिन् ।

महाधिवेशन नजिकिँदै जाँदा नेतृत्व चयन, संगठनात्मक रूपान्तरण र पार्टीभित्रको लोकतान्त्रिक अभ्यासबारे भइरहेको बहसले महाधिवेशनलाई अन्यभन्दा फरक र ऐतिहासिक बनाइदिएको विश्लेषण उनले सुनाइन् ।

प्रकाशित मिति : २४ मंसिर २०८२, बुधबार  ३ : २८ बजे

समस्याग्रस्त सहकारीको ऋण असुल्दै, बचत फिर्ता गर्दै सरकार

काठमाडौँ – सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम

कोशी प्रदेशसभाको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित

विराटनगर – कोशी प्रदेशसभाको आज बसेको बैठकमा कोशी प्रदेश सरकारको

आईपीएल क्वालिफायर–१ : बेङ्गलुरुले एकै ओभरमा गुमायो दुई विकेट

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ क्वालिफायर–१ अन्तर्गत आज भइरहेको

गाजामा इजरायली हवाई आक्रमण : ७ जनाको मृत्यु

गाजा – गाजाका स्वास्थ्य अधिकारीहरूका अनुसार मंगलबार इजरायली हवाई आक्रमणमा

अस्वस्थकर खानपानका कारण उच्च रक्तचापका बिरामी बढदै

काठमाडौं – अस्वस्थकर खानपानका कारण उच्च रक्तचापका बिरामी बढिरहेको हुन्