ईश्वर पोखरेलले भने : मैले झोंकमा उम्मेदवारी दिएको होइन, बैठकमै जानकारी गराएको छु « Khabarhub

ईश्वर पोखरेलले भने : मैले झोंकमा उम्मेदवारी दिएको होइन, बैठकमै जानकारी गराएको छु


२४ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफूले कुनै झोंकमा अध्यक्षको उम्मेदवारी नदिएको बताएका छन् ।

बुधबार काठमाडौंमा सम्पादकहरूसँगको अन्तरसंवादका क्रममा बोल्दै पोखरेलले यस्तो बताएका हुन् ।

‘मैले उम्मेदवारी झोंकमा दिएको होइन, अध्यक्ष (केपी शर्मा ओली) लाई जानकारी गराएको छु। पार्टी बैठकमा पनि यो कुरा राखेको छु’, उनले भने, ‘पार्टीमा विचारबारे कुनै विवाद छैन। यस पटक महाधिवेशनका एजेन्डाहरू भएकाले छलफलका कुरा बाहिर आएका हुन्।’

पोखराले सामूहिक नेतृत्व प्रणालीलाई सुदृढ नगर्ने भने कम्युनिस्ट पार्टी पार्टी चल्न नसक्ने दाबी गरेका छन्। उनले पार्टी विधि र पद्धतिबाट चल्नुपर्ने बताउँदै सामूहिक नेतृत्वलाई अगाडि नबढाइए समस्या पर्ने पनिप बताएका छन् ।

पोखरेलले पार्टीमा आन्तरिक लोकतन्त्रको अभ्यास हराउँदै गएको विषयसमेत उठाएका छन् । ‘आफूले गल्ती कमजोरी गरेको हुन्छ, त्यसप्रति रियलाइजेसन हुन सकेन। त्यसले गर्दा जनतामा जान समस्या भएको छ । पार्टी र जनताको सम्बन्ध पनि टुटेको छ’, उनले भने, ‘हाम्रो पार्टीको विचार एउटा भयो, व्यवहारमा लागू गर्ने कुरा अर्को भयो । हामी कमजोर भएका छौँ।’

प्रकाशित मिति : २४ मंसिर २०८२, बुधबार  ४ : २४ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन