ईश्वर पोखरेलले भने : मैले झोंकमा उम्मेदवारी दिएको होइन, बैठकमै जानकारी गराएको छु « Khabarhub

ईश्वर पोखरेलले भने : मैले झोंकमा उम्मेदवारी दिएको होइन, बैठकमै जानकारी गराएको छु


२४ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफूले कुनै झोंकमा अध्यक्षको उम्मेदवारी नदिएको बताएका छन् ।

बुधबार काठमाडौंमा सम्पादकहरूसँगको अन्तरसंवादका क्रममा बोल्दै पोखरेलले यस्तो बताएका हुन् ।

‘मैले उम्मेदवारी झोंकमा दिएको होइन, अध्यक्ष (केपी शर्मा ओली) लाई जानकारी गराएको छु। पार्टी बैठकमा पनि यो कुरा राखेको छु’, उनले भने, ‘पार्टीमा विचारबारे कुनै विवाद छैन। यस पटक महाधिवेशनका एजेन्डाहरू भएकाले छलफलका कुरा बाहिर आएका हुन्।’

पोखराले सामूहिक नेतृत्व प्रणालीलाई सुदृढ नगर्ने भने कम्युनिस्ट पार्टी पार्टी चल्न नसक्ने दाबी गरेका छन्। उनले पार्टी विधि र पद्धतिबाट चल्नुपर्ने बताउँदै सामूहिक नेतृत्वलाई अगाडि नबढाइए समस्या पर्ने पनिप बताएका छन् ।

पोखरेलले पार्टीमा आन्तरिक लोकतन्त्रको अभ्यास हराउँदै गएको विषयसमेत उठाएका छन् । ‘आफूले गल्ती कमजोरी गरेको हुन्छ, त्यसप्रति रियलाइजेसन हुन सकेन। त्यसले गर्दा जनतामा जान समस्या भएको छ । पार्टी र जनताको सम्बन्ध पनि टुटेको छ’, उनले भने, ‘हाम्रो पार्टीको विचार एउटा भयो, व्यवहारमा लागू गर्ने कुरा अर्को भयो । हामी कमजोर भएका छौँ।’

प्रकाशित मिति : २४ मंसिर २०८२, बुधबार  ४ : २४ बजे

फुटेका कांग्रेस कार्यकर्ता नाराबाजीमा उत्रिँदा कान्तिपथमा तनाव (तस्बिरहरू)

काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षका नेता-कार्यकर्ता निर्वाचन आयोग अगाडि

युएनआईएसएफएमा नेपाली सेनालाई पहिलो पटक फोर्स कमाण्डरको जिम्मेवारी

काठमाडौ|-संयुक्त राष्ट्रसंघीय मिसन (युएनआईएसएफ) मा नेपाली सेनाले पहिलो पटक फोर्स

धर्ना बसेका देउवा कांग्रेसलाई नमस्ते गर्दै हिँडे गगन कांग्रेका नेता

काठमाडौं- नेपाली कांग्रेसको आधिकारिकता दाबी गर्दै अहिले संस्थापक पक्ष निर्वाचन

सडकमा सुशासनका निम्ति गोली खाएका कलिला छातिले सोध्लान्, महान्यायाधिवक्ता ज्यु, यही हो सुशासन ?

काठमाडौं- जेन-जी आन्दोलनकी अभियन्ता रक्षा बमले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

आयुर्वेद औषधि, उपचार वा सामग्रीको नाममा भ्रामक प्रचार नगर्न परिषद्को निर्देशन 

काठमाडौं– आयुर्वेद चिकित्सा परिषद् नेपालले आयुर्वेद औषधि, उपचार वा सामग्रीको