महाधिवेशनको परिणाम स्वीकार्छु, पार्टी छोड्दिनँ : ईश्वर पोखरेल « Khabarhub

महाधिवेशनको परिणाम स्वीकार्छु, पार्टी छोड्दिनँ : ईश्वर पोखरेल


२४ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेको एघारौँ महाधिवेशनको मतपरिणामलाई स्वीकार गर्ने बताएका छन्।

बुधबार काठमाडौँमा सम्पादकहरूसँग अन्तरक्रिया गर्दै पोखरेलले जित्दा खुसी हुनेसँगै जित्न नसक्दा पनि स्वीकारेर अगाडि बढ्नुपर्ने बताए।

‘भीम रावल र माधव नेपाल जस्तो दृष्टान्त हाम्रो हकमा लागू हुँदैन । हामी प्रतिस्पर्धा गर्छौं, विजय नभए पार्टीको पक्षमा एमाले भएर रहिरहन्छौँ’ उनले भने,‘प्रतिस्पर्धा गरिन्छ भने त्यसको परिणामलाई स्वीकार्न हामीलाई आउँछ। वाम एकताको पक्षमा हामी छौँ। पार्टी छाडेर जाने कुरा सोचेका छैनौँ।’

उनले आफूलाई कमजोर बनाउन बजारमा अनेक किसिमका हल्ला गरिएकाले त्यसको पछाडि नलाग्नसमेत आग्रह गरेका छन्।

पोखरेलले पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यताबारे अब पनि कुरा उठ्नेसमेत दाबी गरेका छन्।

उनले संविधान र पार्टी विधानको अभ्यासले नै भण्डारीको सदस्यता रोक्न नसक्ने भन्दै उनले यो विषय पार्टीको एजेण्डा भएको बताए ।

प्रकाशित मिति : २४ मंसिर २०८२, बुधबार  ४ : २९ बजे

फुटेका कांग्रेस कार्यकर्ता नाराबाजीमा उत्रिँदा कान्तिपथमा तनाव (तस्बिरहरू)

काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षका नेता-कार्यकर्ता निर्वाचन आयोग अगाडि

युएनआईएसएफएमा नेपाली सेनालाई पहिलो पटक फोर्स कमाण्डरको जिम्मेवारी

काठमाडौ|-संयुक्त राष्ट्रसंघीय मिसन (युएनआईएसएफ) मा नेपाली सेनाले पहिलो पटक फोर्स

धर्ना बसेका देउवा कांग्रेसलाई नमस्ते गर्दै हिँडे गगन कांग्रेका नेता

काठमाडौं- नेपाली कांग्रेसको आधिकारिकता दाबी गर्दै अहिले संस्थापक पक्ष निर्वाचन

सडकमा सुशासनका निम्ति गोली खाएका कलिला छातिले सोध्लान्, महान्यायाधिवक्ता ज्यु, यही हो सुशासन ?

काठमाडौं- जेन-जी आन्दोलनकी अभियन्ता रक्षा बमले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

आयुर्वेद औषधि, उपचार वा सामग्रीको नाममा भ्रामक प्रचार नगर्न परिषद्को निर्देशन 

काठमाडौं– आयुर्वेद चिकित्सा परिषद् नेपालले आयुर्वेद औषधि, उपचार वा सामग्रीको