काठमाडौं– नेपाल प्रिमिर लिग (एनपीएल) सिजन २ अन्तर्गत बुधबार जारी एलिमिनेटर खेलमा लुम्बिनी लायन्सविरुद्ध काठमाडौं गोर्खाजको ब्याटिङले सुरुवातदेखि नै लय समात्न नसक्दा दबाबमा परेको छ ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ राजेको काठमाडौं खेल १० ओरभरमा पुग्दा ६ विकेटको क्षतिमा ५१ रन संकटपूर्ण अवस्थामा छ ।
खेल ९ ओभरको पाँचौ बलमा पुग्दा जोन सिम्पसन पाँचौ विकेटका रुपमा बिदा भएका हुन् । उनी लुम्बिनीका कप्तान रोहित पौडेलको बलमा एलबीडब्ल्यू धरापमा परेका हुन् ।
उनी १७ बलमा १८ रन बनाएर आउट भए ।
यही ओभरमा पाँचौ बलमा रोहितले भीम सार्कीलाई आउट गराए । भीम १६ बलमा १४ रन जोडेको अवस्थामा दिलीप नाथमार्फत् क्याच आउट भएका हुन् ।
चौथौ विकेटका रुपमा ओपनर बेन चाल्सवर्थ आउट भएका हुन् । उनले ५ बल समान गरेर ४ रन बनाए । उनी लुम्बिनीका रुबेन ट्रम्पेलम्यानको बलमा निरोशन डिकवेलामार्फत् क्याच आउट भएका हुन् ।
तेस्रो विकेटका रुपमा मिलिन्द कुमार आउट भएका हुन् । शेर मल्लको बलमा बोल्ट भएका उनले ८ बलमा २ रन बनाए ।
दोस्रो विकेटका रुपमा सन्नी पटेल आउट भएका हुन् । खेल २ ओभरको पहिलो बल पुग्दा सन्नी पटेल लुम्बिनीका रुबेन ट्रम्पेलम्यानको एलबीडब्ल्यू धरापमा परेका हुन् । उनले ६ बल सामना गर्दा १ छक्का प्रहार गर्दै ७ रन बनाए ।
पहिलो विकेटका रुपमा दोस्रो ओभरको पहिलो बलमा काठमाडौंका ओपनर आकाश त्रिपाठी लुम्बिनीका शेर मल्लको शिकार भएका हुन् । उनले ५ बल समान गर्दा १ रन जोडे ।
सुरुवाती ४ ब्याटर दोहोरो अंक नजोडी आउट भएका हुन् । रुबेन, शेर र रोहितले समान २(२ विकेट लिएका छन् ।
त्रिवि अन्र्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर काठमाडौंले पहिला ब्याटिङ राजेको हो ।













प्रतिक्रिया