एमाले केन्द्रीय सचिवको तयारीमा पदम गिरी « Khabarhub

एमाले केन्द्रीय सचिवको तयारीमा पदम गिरी


२४ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका नेता पदम गिरीले पार्टीको एघारौँ महाधिवेशनमा आफू केन्द्रीय सचिवमा उम्मेदवारी दिने बताएका छन् ।

युवाहरूको आवश्यकता र अनुभवलाई आत्मसात गर्दै गिरीले आफूले सचिव पदमा उम्मेदवारी दिने तयारी गरेको बताए। 

यसअगाडि स्वास्थ्यमन्त्री बनिसकेका गिरी अध्यक्ष केपी शर्मा ओली समूहका नेता हुन् । ओलीले विश्वास गरेर २०७९ को निर्वाचनपछि प्रमुख सचेतकको भूमिकामा ल्याएका गिरीलाई वैचारिक नेताका रूपमा चिनिन्छ । 

गिरीले यस पटक केन्द्रीय सचिवको दाबेदार रहेको बताएका छन् । उनले गण्डकीबाट केन्द्रीय सचिवमा उठ्ने गरी नेताहरूसँग संवाद बढाइरहेका छन् ।

गिरीले स्वयम्ले आफू मात्रै तयार रहे पनि नेतृतवसँग आफ्नो उम्मेदवारीबारे कुरा नगरेको बताएका छन् ।

‘म स्वाभाविक रूपले केन्द्रीय सचिवको दाबेदार हुँ। सबै हिसाबले मेरो केन्द्रीय सचिव आउनका लागि योग्यता पुगेको मैले देखेको छु’, गिरीले खबरहबलाई भने, ‘मैले अध्यक्ष लगायतका कोही नेतासँग कुरा गरेको छैन तर आफ्नो ढंगले तयारी गरिरहेको छु।’

प्रकाशित मिति : २४ मंसिर २०८२, बुधबार  ७ : ५० बजे

जितु र मुन्नीले सके ‘कार्की साइँला’को सुटिङ

काठमाडौं – कलाकार जितु नेपाल र नायिका प्रियना आचार्य (मुन्नी)ले

बालेन सरकारमा जान तम्तयार यी ३० अनुहार

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले संविधानको धारा ७६ (१) अनुसार एकल

सरकारी सुविधा नलिने गुरुङको घोषणा, सांसद तलब जेन-जी आन्दोलनका घाइतेलाई खर्च गर्ने

ललितपुर– गोरखा क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य

पाहाँचह्रे पर्वका अवसरमा पशुपति क्षेत्रको वत्सलेश्वरीमा मूलभट्टको पूजा

काठमाडौं– मुलुकमा शान्ति होस् भन्ने कामनाले पशुपति क्षेत्रमा गरिने वत्सलेश्वरी