एमाले केन्द्रीय सचिवको तयारीमा पदम गिरी « Khabarhub

एमाले केन्द्रीय सचिवको तयारीमा पदम गिरी


२४ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका नेता पदम गिरीले पार्टीको एघारौँ महाधिवेशनमा आफू केन्द्रीय सचिवमा उम्मेदवारी दिने बताएका छन् ।

युवाहरूको आवश्यकता र अनुभवलाई आत्मसात गर्दै गिरीले आफूले सचिव पदमा उम्मेदवारी दिने तयारी गरेको बताए। 

यसअगाडि स्वास्थ्यमन्त्री बनिसकेका गिरी अध्यक्ष केपी शर्मा ओली समूहका नेता हुन् । ओलीले विश्वास गरेर २०७९ को निर्वाचनपछि प्रमुख सचेतकको भूमिकामा ल्याएका गिरीलाई वैचारिक नेताका रूपमा चिनिन्छ । 

गिरीले यस पटक केन्द्रीय सचिवको दाबेदार रहेको बताएका छन् । उनले गण्डकीबाट केन्द्रीय सचिवमा उठ्ने गरी नेताहरूसँग संवाद बढाइरहेका छन् ।

गिरीले स्वयम्ले आफू मात्रै तयार रहे पनि नेतृतवसँग आफ्नो उम्मेदवारीबारे कुरा नगरेको बताएका छन् ।

‘म स्वाभाविक रूपले केन्द्रीय सचिवको दाबेदार हुँ। सबै हिसाबले मेरो केन्द्रीय सचिव आउनका लागि योग्यता पुगेको मैले देखेको छु’, गिरीले खबरहबलाई भने, ‘मैले अध्यक्ष लगायतका कोही नेतासँग कुरा गरेको छैन तर आफ्नो ढंगले तयारी गरिरहेको छु।’

प्रकाशित मिति : २४ मंसिर २०८२, बुधबार  ७ : ५० बजे

चितवन पुगेर प्रचण्डले भने- कांग्रेसको फुटले निर्वाचनलाई असर गर्दैन

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसको फुटका

हामीले आधिकारिकता नपाए देशभर आन्दोलन हुन्छ : खड्का

काठमाडौं- निर्वाचन आयोगले विधान अनुरूप आफूहरुलाई आधिकारिकता नदिए देशभर आन्दोलन

अफगानिस्तानमा खाद्य असुरक्षा : महिला र बालबालिका सबैभन्दा प्रभावित

काबुल– अफगानिस्तानमा कुपोषण सङ्कटले महिला तथा बालबालिकामाथि गम्भीर असर पुर्‍याइरहेको

पूर्णबहादुरले भने : निर्वाचन आयोगले हामीलाई मान्यता नदिए देशभर आन्दोलन गर्छौँ

काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफूहरूलाई

शिक्षामा स्वजागरणको अभ्यास : अभिभावक-विद्यालयले के गर्ने ? 

काठमाडौं– भगवान् गौतमबुद्धको भनाइमा स्वयंलाई चिन्नु वास्तविक शिक्षा हो ।