प्रभुका अर्का उच्च अधिकारी पक्राउ, बैंकिङ कसुरमा तानिए रेमिट्यान्स विभाग प्रमुख शाक्य « Khabarhub

प्रभुका अर्का उच्च अधिकारी पक्राउ, बैंकिङ कसुरमा तानिए रेमिट्यान्स विभाग प्रमुख शाक्य


२४ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ अन्तर्गत थप कसूरमा संलग्न रहेको आरोपमा प्रभु बैंक लिमिटेडका रेमिटेन्स विभाग प्रमुख सुगेन (सुजित) शाक्य पक्राउ परेका छन्।

उच्च अदालत पाटनबाट पक्राउ अनुमति लिएपछि शाक्यलाई बुधबार ललितपुर महानगरपालिका-११, ईखांछेबाट पक्राउ गरिएको हो । उनीमाथि थप अनुसन्धान जारी रहेको ब्यूरोले जनाएको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का अनुसार शाक्यले नियमविपरीत प्रभु म्यानेजमेन्ट प्रालीलाइ सुपर एजेन्ट बनाइ रेमिट्यान्स कारोबारका लागि एड्भान्स रकम उपलब्ध गराएका थिए।

उक्त कम्पनीसँग रेमिट कारोबार नै रोकिएको अवस्थामासमेत नेपाल राष्ट्र बैंकको निर्देशनविपरीत लामो समयसम्म उक्त रकम स्वार्थ समूहले प्रयोग गर्न दिँदा प्रभु बैंकलाई करिब ८ करोड ९३ लाख रुपैयाँभन्दा बढी हानी पुगेको प्रारम्भिक अनुसन्धानमा देखिएको सीआईबीले जनाएको छ।

यसभन्दा बाहेक त्यही कार्यलाई लुकाउन कर्जा प्रवाह गरी कर्जा दुरुपयोग गर्ने प्रक्रियामा प्रभु बैंकका सीईओ अशोक शेरचसमेत संलग्न भएको आरोपमा पक्राउ गरेर अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ।

रेमिट कारोबारका क्रममा प्री-फन्डिङ दिने कानुनी प्रावधानको दुरुपयोग गरी स्वार्थ समूहलाई फाइदा हुने गरी नियम विपरीत रकम उपलब्ध गराएको सीआईबीले जनाएको छ।

त्यस वापत बैंकले लिनुपर्ने ब्याजसमेत नलिएका कारण बैंकलाई एक अर्ब रुपैयाँभन्दा बढी हानी पुगेकोसमेत अनुसन्धानमा खुल्न आएको बताइएको छ।

प्रकाशित मिति : २४ मंसिर २०८२, बुधबार  ५ : ५२ बजे

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती

काठमाडौं- प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

काठमाडौं- नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले