खैरो हिरोइनसहित आठ जना पक्राउ « Khabarhub

खैरो हिरोइनसहित आठ जना पक्राउ


२४ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– लागूऔषध खैरो हिरोइनसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार साँझ ४ बजे पक्राउ परेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय आज साँझ सार्वजनिक गरेको हो ।  

पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–३२ टेडा घर भई हाल जिल्ला चितवन भरतपुर महानगरपालिका–१० डेरा गरी बस्ने १९ वर्षीय अनवर अंसारी,  २० वर्षीय रहिफुल्ला मिया ठकुराई, २० वर्षीय प्रवेज अंसारी, भरतपुर महानगरपालिका–४ का २१ वर्षीय सरोज तामाङ, वडा नं १७ का २४ वर्षीय बसन नेपाली, वडा नं २१ पार्वतीपुर बस्ने ३२ वर्षीय मनोज विक र ३६ वर्षीय भीमबहादुर तामाङ रहेका छन् । 

यस्तै पर्सा वीरगञ्ज महानगरपालिका–१ छप्कैया बस्ने २३ वर्षीया आइषा खातुन पनि पक्राउ परेका छन् । 

उनीहरूका साथबाट १४२ दशमलव ६८ ग्राम खैरो हिरोइन पक्राउ गरिएको छ । पक्राउ परेका सबैलाई लागूऔषधसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालले जानकारी दिए ।

प्रकाशित मिति : २४ मंसिर २०८२, बुधबार  ७ : ३४ बजे

काभ्रेमा नौ ‘आपराधिक उपद्रव’विरुद्ध अभियोग दर्ता

काभ्रेपलाञ्चोक– काभ्रे  जिल्ला अदालतमा नौ ‘आपराधिक उपद्रव’सम्बन्धी अभियोग मुद्दा दर्ता

ओलीप्रति घिमिरेको कटाक्ष : सबै ठिक छ महाराज !

काठमाडौं- नेकपा एमालेका नेता वासुदेव घिमिरेले अध्यक्ष केपी शर्मा ओलीको

जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

महेन्द्रनगर– पुर्व–पश्चिम राजमार्गको महेन्द्रनगर–दैजी खण्डमा बुधबार दिउँसो जिप र मोटरसाइकल

सिँचाइ समस्या समाधान गर्न बोरिङ जडान

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ का किसानले लामो समयदेखि भोग्दै आएको

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान- इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन