ओलीप्रति घिमिरेको कटाक्ष : सबै ठिक छ महाराज ! « Khabarhub

ओलीप्रति घिमिरेको कटाक्ष : सबै ठिक छ महाराज !


२८ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


600
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका नेता वासुदेव घिमिरेले अध्यक्ष केपी शर्मा ओलीको तुलना तत्कालीन पञ्चायत शासकसँग गरेका छन् ।

गत फागुन २१ को चुनावअगाडि एमाले छाडेर राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव लड्ने तयारीबीच उपाध्यक्ष विष्णु पौडेलसहितले रोकेका उनले बिहीबार अध्यक्ष ओलीप्रति कटाक्ष गरेका हुन् ।

रोचक त के छ भने रास्वपा जान रोक्ने पौडेल रुपन्देही २ र घिमिरे रुपन्देही ३ मा लज्जास्पद हार भोग्न बाध्य भए । चुनावअघि घण्टौँ लामो वार्ता गरेर एमालेमै रोकिएका घिमिरे नमिठो पराजयपछि निराश देखिन्छन् ।

उनले त्यही निराशाबीच बिहीबार सामाजिक सञ्जालमा ओलीको तुलना पञ्चायती शासकसँग गरेका हुन् । पञ्चायत ढल्ने बेला पनि अहिलेको जस्तै रटान लगाउने गरेको उनले बताएका छन् ।

घिमिरेले यो चुनावमा जमानतसमेत जोगाउन सकेनन् । उनले त्यसबेला पञ्चहरूले ‘सबै ठीक छ, महाराज’ भन्ने गरेको स्मरण गरेका छन् । अहिले पनि एमालेमा त्यस्तै कार्यकर्ता हावी भएको भन्दै उनले व्यंग्य कसेका छन् । ‘पञ्चायत ढल्दै थियो, तर पञ्चहरूको रटान उही- ‘सबै ठीक छ, महाराज’, उनले लेखेका छन् ।

घिमिरेलाई रुपन्देही ३ को टिकट दिँदै उपाध्यक्ष पौडेलले एमाले केन्द्रीय सदस्य बनाउने पनि बचन दिएका थिए । तर अब उनी अध्यक्ष ओलीविरुद्ध कडा शब्दसहित उत्रिएका छन् । उता उपाध्यक्ष पौडेल पनि ओलीलाई बिदा गरेर पार्टी पुनर्गठन अभियानमा छन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०८२, बिहीबार  २ : १६ बजे

विमानस्थलबाट ३१ लाख ५१ हजारसहित दुई बङ्गलादेशी नागरिक पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३१ लाख ५१ हजारसहित दुई बङ्गलादेशी

रास्वपा महाधिवेशन : केन्द्रीय समितिमा निर्वाचन निश्चित, सचिवालय सदस्यका लागि अहिलेबाटै दौडधुप

काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन यही असार ७

रामहरि श्रेष्ठ हत्या प्रकरण : गोविन्दबहादुर बटालालाई १० वर्ष कैद सजाय

काठमाडौं– सर्वोच्च अदालतले कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठ हत्या प्रकरणमा दोषी

संविधान संशोधन कार्यदलद्वारा पूर्वप्रधानमन्त्रीत्रयसँग सुझाव संकलन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित