महिला आयोगमा घरेलु हिंसाका घटना दर्ता बढी « Khabarhub

महिला आयोगमा घरेलु हिंसाका घटना दर्ता बढी


२४ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय महिला आयोगले सबैभन्दा बढी घरेलु हिंसाका घटना दर्ता हुने गरेको जनाएको छ ।

आयोगले आज यहाँ आयोजना गरेको ‘राष्ट्रिय महिला आयोगको खबर गरौँ ११४५ निःशुल्क हेल्पलाईन सेवा’को आठौँ स्थापना दिवसका अवसरमा आयोगका सचिव रेखा कँडेलले पछिल्लो समय घरेलु हिंसाको घटनामा वृद्धि भएको जानकारी दिएका हुन् ।

सचिव कँडेलका अनुसार पछिल्लो ६ वर्षमा सात हजार ३४४ वटा विभिन्न किसिमका हिंसाका घटना दर्ता भएकामा जसमा ८८ प्रतिशत घरेलु हिंसाका र १२ प्रतिशत महिला हिंसाका घटना दर्ता भएको छ । सचिव कँडेलकै अनुसार हिंसामा पर्ने महिलाको उमेर समूह भने २६ देखि ४० वर्षका रहेका छन् ।

निरक्षर र साधारण लेखपढ गर्न जानेकै महिलाहरु बढी हिंसामा पर्ने गरेको पनि आयोगको भनाइ छ । गत आर्थिक वर्षमा पनि घरेलु हिंसा परामर्श सेवा र महिला अधिकार प्रयोग गर्नबाट वञ्चित गरेको सम्बन्धमा उजुरी परी एक हजार दुई सय दुई महिला हिंसाका उजुरी दर्ता भएको आयोगले जनाएको छ ।

आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले विगत झैँ आगामी दिनमा पनि महिला अधिकारका क्षेत्रमा सक्रिय रुपमा काम गर्ने प्रतिबद्धता जनाए ।

प्रकाशित मिति : २४ मंसिर २०८२, बुधबार  ८ : २७ बजे

सेतीखोलामा डुबेका एक व्यक्ति तीन दिनदेखि बेपत्ता

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ स्थित सेतीखोलामा माछा मार्ने क्रममा बेपत्ता

सुनको मूल्य बढ्यो, कति पुग्यो तोलामा ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको

धाार्मिक विश्वास र सम्पदालाई असर नपार्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले सडक पूर्वाधारलगायतका विकास निर्माण अघि

फलेवासबाट एक वर्षमा ५२५ जना बसाइँसराइ

पर्वत– पर्वतको फलेवास नगरपालिकाबाट एक वर्षमै पाँच सय जनाभन्दा बढी

फागुन २१ को सन्देश- देश बनाउने र जलाउनेबीचको जनमतसंग्रह

आगामी फागुन २१ मा हुने निर्वाचनमा केवल प्रतिस्पर्धी दलका रूपमा