कांग्रेस सदस्यता छानबिन समितिको संयोजक बने महेन्द्र यादव « Khabarhub

कांग्रेस सदस्यता छानबिन समितिको संयोजक बने महेन्द्र यादव


२४ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको संयोजकमा महेन्द्र यादव चयन भएका छन्।

कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले यादवलाई सदस्यता केन्द्रीय छानबिन समितिको संयोजक मनोनित गरेका हुन्। यादव कांग्रसका सह–महामन्त्री हुन्।

त्यस्तै, क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको सदस्यमा तीन जनालाई मनोनित गरिएको छ। सदस्यता छानबिन समितिको सदस्यमा शिवप्रसाद हुमागाँइ, प्राडा गोविन्दराज पोखरेल, अजयवावु शिवाकोटी र शान्ति परियार विक मनोनित भएका हुन्।

नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम कार्यवाहक सभापति खड्काले सदस्यता छानबिन समितिमा संयोजक र सदस्य मनोनित गरेको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

समितिले १५औं महाधिवेशनका लागि क्रियाशील सदस्यता (नयाँ र नवीकरण) को सूची र प्रतिवेदन समयभित्र अध्ययन गरी क्रियाशील सदस्यता सम्बन्धी आएका उजुरी उपर छानबिन गरी तोकिएको समयभित्र क्रियाशील सदस्यता (नयाँ र नवीकरण) को अन्तिम सूची तयार गर्नेछ।

प्रकाशित मिति : २४ मंसिर २०८२, बुधबार  ९ : ०१ बजे

उपसभापतिमा जीवन परियारको उम्मेदवारी दर्ता

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा जीवन परियारले उपसभापतिमा उम्मेदवारी दर्ता

कांग्रेस महाधिवेशन : प्यानल बनाउन र चिरकटो बाँड्न बन्देज

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा उम्मेदवारहरूले प्यानल बनाउन नपाउने

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको उम्मेदवारी दर्ता

काठमाडौँ – नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले पार्टीको वरिष्ठ उपसभापति

कांग्रेस महाधिवेशन : प्यानल बनाउन बन्देज, सभापति पदका लागि समेत चुनाव हुने निश्चितप्रायः

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा उम्मेदवारहरूले प्यानल बनाउन नपाउने

‘आजसम्म जो–जस्ले जे–जे बोल्नुभयो वा जेसुकै गर्नुभयो, आजसम्मको छोडिदिने : एमाले अपानी’ (पूर्णपाठसहित)

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टीभित्र अनुशासन पुनर्स्थापना गर्न