सरकारसँगको १० बुँदे सम्झौतालाई जेन-जी मुभमेन्टले गर्यो अस्वीकार « Khabarhub

सरकारसँगको १० बुँदे सम्झौतालाई जेन-जी मुभमेन्टले गर्यो अस्वीकार


२४ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


462
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जेन–जी मुभमेन्ट नेपालले बुधबार सरकारसँग भएको १० बुँदे सम्झौता अस्वीकार गरेको छ । सहमति पूर्ण रूपमा एकतर्फी, अवैध र आन्दोलनको मूल भावना विपरीत भएको दाबी उक्त मोभमेन्टले गरेको छ ।

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली, सार्वजनिक संस्थाहरूको पुनरसंरचना र यी संरचनागत सुधार भएपछि मात्रै निर्वाचनमा जाने मुख्य एजेन्डा कुनै पनि रूपमा सम्बोधन नगरिएको वक्तव्यमा उल्लेख छ । ।

जेन(जी आन्दोलनमा ७६ जनाले ज्यान गुमाएको, करिब २३०० जना घाइते भएको परिस्थितिमा यस्तो असम्बद्ध सम्झौता जनताका बलिदानमाथिको धोका रहेको उसले जनाएको छ ।

वक्तव्यमा भदौ २७ गते षड्यन्त्रपूर्वक चुनावी सरकार गठन गरिएको आरोप पनि लगाइएको छ । सुशीला कार्की र ओमप्रकाश अर्यालले शक्ति कब्जा गर्दै विद्रोहको राजनीतिक सार अपहरण गरेको दाबी गर्दै सम्झौता त्यही अपहरणको औपचारिकता मात्र भएको आरोप लगाइएको छ ।

सम्झौता कार्यक्रममै जेन(जी मुभमेन्ट नेपालका सह–संयोजक अजय सोडारीले सम्झौता च्यातेर विरोध गरेका छन् ।

संगठनले सम्झौतालाई अमान्य घोषणा गर्दै, संरचनागत माग पूरा नगरी कुनै पनि राजनीतिक व्यवस्था, चुनाव वा सत्ताको पुनर्गठन जनताले स्वीकार्ने नसक्ने स्पष्ट गरेको छ ।

जेन(जी मुभमेन्टले सर्वपक्षीय सरकार बनाएर संविधान पुनर्लेखन नगरी वर्तमान संवैधानिक र राजनीतिक संकट समाधान नहुने निष्कर्ष निकालेको छ।

प्रकाशित मिति : २४ मंसिर २०८२, बुधबार  १० : १८ बजे

सेतीखोलामा डुबेका एक व्यक्ति तीन दिनदेखि बेपत्ता

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ स्थित सेतीखोलामा माछा मार्ने क्रममा बेपत्ता

सुनको मूल्य बढ्यो, कति पुग्यो तोलामा ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको

धाार्मिक विश्वास र सम्पदालाई असर नपार्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले सडक पूर्वाधारलगायतका विकास निर्माण अघि

फलेवासबाट एक वर्षमा ५२५ जना बसाइँसराइ

पर्वत– पर्वतको फलेवास नगरपालिकाबाट एक वर्षमै पाँच सय जनाभन्दा बढी

फागुन २१ को सन्देश- देश बनाउने र जलाउनेबीचको जनमतसंग्रह

आगामी फागुन २१ मा हुने निर्वाचनमा केवल प्रतिस्पर्धी दलका रूपमा