कस्तो बन्ला च्याम्पियन ट्रफीमा भारतीय टोली ? | Khabarhub Khabarhub

कस्तो बन्ला च्याम्पियन ट्रफीमा भारतीय टोली ?

चर्चामा पन्त, सामसन, जयसवाल, गिल, जडेजा र यादव


२७ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : 5 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

टी-२० क्रिकेटको विश्व च्याम्पियन भारत एक दिवसीय क्रिकेटको विश्व उपविजेता हो। संसारको धेरै जनसङ्ख्या भएको देश भारतको लोकप्रिय खेल पनि क्रिकेट नै हो। यसै कारण हरेक ठुला प्रतियोगितामा भारतको टोली कस्तो रहने भन्ने चासो धेरैको छ।

पछिल्लो समयको फर्मकै आधारमा आसन्न च्याम्पियन्स ट्रफीमा भारतीय टोली कस्तो रहने भन्ने चासो धेरैमा छ। रोहित शर्माले नै टोलीको नेतृत्व गर्ने पक्का भइसकेको छ। टोलीका सबै भन्दा महत्त्वपूर्ण खेलाडी जसप्रित बुमराह घाइते भएका कारण उनको स्थान अन्योलमा छ। यत्ति मात्र होइन कुलदिप यादवका बारे धेरै बहस भएका छन्। रोहितसँग लोकेश राहुल, विराट कोहली र शुभमन गिलको स्थान पक्का भएको जनाइन्छ।

अस्ट्रेलियासँगको टेस्ट शृङ्खलाको पाँचौँ खेलमा चोट बोकेका बुमराहको स्थानबारे मेडिकल टिमसँगको समन्वयपछि मात्र निर्णय सार्वजनिक हुनेछ। यसैगरी २०२४ अक्टोबरमा चोट बोकेका यादवको नोभेम्बरमा शल्यक्रिया भएको थियो। उनी पछिल्लो समय खेलमा देखिएका छैनन्।

सन् २०२३ को विश्वकप क्रिकेटको फाइनलमा खेलेपछि मोहम्मद सामी अन्तर्राष्ट्रिय क्रिकेटमा देखिएका छैनन्। जोर्नीको समस्याले पीडित उनी पनि अन्तर्राष्ट्रिय क्रिकेटमा फैलने सम्भावना देखिएको छ।

२२ जनवरीमा कलकत्तामा इङ्गल्यान्डसँगको टी-२० शृङ्खला सुरु हुनेछ। हालै बोर्डर गावस्कर ट्रफी खेलेका धेरै खेलाडी सो टोलीमा रहने छैनन्। तर त्यो टोली र च्याम्पियन्स ट्रफी खेल्ने टोलीका बिचमा धेरै एकरूपता हुसक्ने छ। १२ जनवरी च्याम्पियन्स ट्रफीका लागि अन्तिम डेट लाइन हो।

यस बिचमा केही विषयमा छनोटकर्ताको चासो बढेको छ। श्रेयास ऐयारले एक दिवसीय विश्वकपको सेमिफाइनलमा न्युजल्यान्डसँग खेलेको खेल याद गरी नै रहेका छन्। तसर्थ उनी विवादरहित भएको जनाइन्छ। तर पनि अहिले भारतीय टोलीको मध्य क्रममा खेल्ने केही ब्याट्सम्यानको स्तरका कारण उनको स्थान अनिश्चित मानिन्छ। खासमा तिलक बर्माको फर्म धेरैको लागि चासोको विषय हो।

२०२४ -२५ को विजय हरारे ट्रफीमा उत्कृष्ट प्रदर्शन गरिरहेका मायंक अग्रवाल, करुण नैयर र सिधेर भिरको स्थानका बारे धेरैलाई चासो छ। गिलको खराब फर्मका कारण ऋतुराज गाइक्वाडको स्थानका बारे धेरै चर्चा हुन थालेको छ। भारतीय टोलीको छनोटमा धेरैको चासो रहेका केही विषय पक्कै छन्।

रोहितको नेतृत्व
कप्तान रोहित शर्मा टोलीमा रहने पक्का छ। उनको साथमा लोकेश राहुल, विराट कोहली र गिल रहने अनुमान गरिएको छ। यस बिचमा धेरै भेट्रानको स्थान अनिश्चित रहेका कारण उप कप्तानका बारे चासो छ। अहिले भारतीय टोलीमा यत्ति धेरै प्रतिस्पर्धा छ कि एकाध बाहेक अन्य खेलाडीको स्थान असुरक्षित छ। सबै भन्दा प्रमुख खेलाडी तथा टोलीका जितका नायक बुमराह घाइते भएपछि धेरै कुरा अनिश्चित भएको छ।

सिम बलिङमा को ?
बुमराहको उपस्थिति अनिश्चित हुनु भारतीय टोलीका लागि दुःखको विषय हो। समस्या यो मात्र होइन, बोर्डर गावस्कर ट्रफीकै दौरान मोहम्मद सिराजमा पनि समस्या देखियो। मोहम्मद सामी त लामो समयदेखि बाहिर छन्। उनको फिटनेस भारतीय टोलीको अर्को समस्या हो। यस समयमा आर्सदीप सिंह, हर्षित राना र यस दयालमा धेरैको चासो छ। सिंह त फर्ममा नै छन्। सीमित ओभरको खेलमा उनी पक्कै उपयुक्त बलर हुन्। सुरुवातमा बल स्विङ गराउन सक्ने यी तीनै जान डेथ ओभरमा पनि उपयुक्त ठहरिइसकेका छन्।

शीर्ष क्रममा पर्न कसको प्रतिस्पर्धी को ?
टेस्टमा प्रभाव जमाएका यशस्वी जयसवाल एक दिवसीयमा राख्ने या नराख्ने एउटा बहस हो। गिलको क्लासको सबै प्रशंसक हुन्। तिलक बर्माले आफूलाई टी-२० का लागि सबै भन्दा उपयुक्त ब्याट्सम्यान भएको पुष्टि गरेका छन्। दक्षिण अफ्रिकासँगको शृङ्खलाले त उनलाई तेस्रो क्रममा निर्विवाद भारतीय ब्याट्सम्यान भएको पुष्टि गरेको छ। ब्याक अप ओपनरको रूपमा सञ्जु सामसनको चर्चा भइरहेको छ। टी २० का आक्रामक ओपनर अभिषेक शर्माको आवश्यकता अहिलेको बहस हो।

सबै भन्दा महत्त्वपूर्ण कुरा धेरै भारतीय क्रिकेटका समीक्षकले एक दिवसीय टोलीमा ऋषभ पन्तको स्थान असुरक्षित भएको समेत जनाउन थालेका छन्।

रोहितको पार्टनर को ?
यसस्वी सबै संरचनामा उत्कृष्ट लागे पनि उनी एक दिवसीयमा छनोट हुन सकेका छैनन्। रोहितको पार्टनरको रूपमा गिलले नै धेरै अवसर पाएका छन्। सन् २०२३ को विश्वकपमा रोहित गिलको जोडी जमेको थियो। त्यसपछि डेंगुको सिकार भएका उनी ठिक हुने बित्तिकै इसन किसनलाई पछि पार्दै फेरि त्यसै स्थानमा आएका थिए।

दक्षिण अफ्रिकासँग भएको शृङ्खलामा दुवै ब्याट्सम्यानले आराम लिएका थिए। त्यस पछि नै टी-२० टोलीमा गिलले स्थान गुमाउँदा ने जयसवालले पाएका थिए। टी-२० विश्वकपमा पनि जयसवाललाई नै निरन्तरता दिइएको थियो।

अगस्टमा श्रीलंकासँगको एक दिवसीयमा शृङ्खलामा पनि गिलले १६, ३५ र ६ रन मात्र बनाए। बंगलादेशसँगको टेस्ट शृङ्खलामा शत्तक प्रहार गरेका गिल बोर्डर गावस्कर ट्रफीमा भने असफल रहे।

गाइक्वाड, साइ सुदर्शन र रजत पाटीदरलाई समेत सो स्थानको दाबेदारको रूपमा हेरिएको छ।

मध्यक्रम र अलराउण्डरमा प्रतिस्पर्धा
सन् २०२३ को विश्वकप पछि नै रवीन्द्र जडेजा एक दिवसीय टोलीबाट टाढा रहे। उनीसँगै सूर्यकुमार यादव, श्रेयास ऐयार, हार्दिक पाण्डे र राहुल घाइते भएका थिए। दक्षिण अफ्रिकासँगको शृङ्खलामा सञ्जु सामसन, तिलक बर्मा र रिकु सिंहले मध्य क्रममा अवसर पाए। श्रीलंकासँगको खेलमा प्रशिक्षक गौतम गम्भीरले बलिङमा विकल्प खोज्दै फेरि अलराउण्डरलाई नै प्राथमिकता दिए।

अक्षर पटेल, वासिङ्टन सुन्दर शिवं दुवे र रियान परागले अवसर पाए पनि दक्षिण अफ्रिका र श्रीलंकासँगको शृङ्खला जडेला र सूर्य कुमारले गुमाए। अहिले पाण्डे फिट भएर घरेलु क्रिकेट खेली रहेका छन्। उनी टोलीमा फेरि फर्कने छन्। काँधको चोट बोकेका पराग फिट भएका छन्। तथापि उनको स्थान पक्का छैन । बोर्डर गावस्कर ट्रफीपछि रेड्डीको चर्चा चुलिएको छ। जडेजा र सूर्यकुमारले भने च्याम्पियन्स ट्रफी गुमाउन सक्ने सम्भावना बढी रहेको जनाइन्छ।

विकेट किपर
अहिले राहुललाई पहिलो रोजाइको विकेट किपर मानिएको छ। तर पन्तले टी-२० विश्वकपमा पहिलो रोजाइमा स्थान पाएका थिए। यसैगरी सामसनले पनि दक्षिण अफ्रिकासँगको शृङ्खलामा उत्कृष्ट खेलेका थिए। उनले शतक समेत प्रहार गरेका थिए। राहुलपछि पन्त या सामसन भन्ने चासो अहिले बढेको छ।

स्पिनर को को ?
बायाँ हाते रिस्ट स्पिनर कुलदिप यादव हर्नियाँको शल्यक्रियाको कारण गत वर्षको अक्टोबरदेखि खेली रहेका छैनन्। उनी आफूलाई सही पुष्टि गर्न लागि रहेका छन्। अलराउण्डर जडेजा, अक्षर पटेल र सुन्दर पनि टोलीमा रहन प्रतिस्पर्धामा छन्।

अहिले विजय हारारे ट्रफीमा सबै भन्दा धेरै विकेट लिएका वरुण चक्रवर्ती गत वर्ष दक्षिण अफ्रिकामा भएको शृङ्खलामा पनि सबै भन्दा धेरै विकेट लिन सफल भएका थिए। यस कारण उनी दाबेदार हुन्। अहिले रवि विस्नोइको समेत चर्चा छ। स्रोतः एनडिटीभी, क्रिकइन्फो, क्रिकबज

प्रकाशित मिति : २७ पुस २०८१, शनिबार  ७ : ४९ बजे

आईटीसम्बन्धी अध्यादेशले विदेशी मुद्रा भित्र्याउन सहज : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आईटीसम्बन्धी अध्यादेशले विदेशी मुद्रा आर्जन

यक्सो लिम्बूको सुब्बाङ्गी

पहिलेको राजनीतिक विभाजन अन्तर्गत तेह्रथुम जिल्लामा मात्रै पर्ने आठराई थुमको

जुम्लामा आठ हजारबढी छात्रालाई क्यान्सरविरूद्धको खोप दिइने

जुम्ला – जुम्लाका आठ वटै स्थानीय तहका आठ हजार आठ

आलु खेतीमा व्यस्त किसान (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको शंखरापुर नगरपालिका र भक्तपुरको चाँगुनारायण नगरपालिकाको सुन्दर नदी

राहुघाटको ‘स्विचयार्ड’ निर्माण सुरु

म्याग्दी– नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरद्वारा म्याग्दीमा निर्माणाधीन