दिव्योपदेश राष्ट्र निर्माणका लागि मार्गदर्शक : राष्ट्रपति पौडेल | Khabarhub Khabarhub

दिव्योपदेश राष्ट्र निर्माणका लागि मार्गदर्शक : राष्ट्रपति पौडेल


२७ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहका दिव्योपदेश अर्थतन्त्र निर्माण, राष्ट्रप्रेम, छिमेकी राष्ट्रहरूसँग कूटनैतिक सम्बन्ध निर्माणका लागि मार्गदर्शक भएको बताएका छन्।

राष्ट्रिय एकता दिवसका अवसरमा शनिबार एक सन्देश जारी गर्दै उनले स–साना राज्यमा छरिएर रहेको नेपाल हालको अवस्थासम्म आइपुग्न हाम्रा धेरै पूर्वजले पुर्र्याएको योगदानलाई हामीले बिर्सन हुँदैन स्पष्ट पारे।

‘पृथ्वीनारायण शाहले स–साना टुक्रामा छरिएर रहेका राज्यहरूलाई एकीकरण गरेर आधुनिक नेपाल राष्ट्रको निर्माण गरेको र सो अभियानलाई इतिहासको विभिन्न कालखण्डमा हाम्रा वीर पुर्खाहरूले निरन्तरता दिएको कारणले हामीले आज सार्वभौम र स्वतन्त्र नेपाल भनेर गर्व गर्न पाएका छौँ,’ राष्ट्रपति पौडेलले आफ्नो सन्देशमा भन्नुभएको छ, ‘यही आधारभूमीमा टेकेर हामीले नेपाललाई स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवाद उन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य भनेर घोषणा गरिसकेका छौँ। स–साना राज्यमा छरिएर रहेको नेपाल हालको अवस्थासम्म आइपुग्न हाम्रा धेरै पूर्वजहरूले पुर्‍याएको योगदानलाई हामीले बिर्सन हुँदैन।’

पृथ्वीनारायण शाहलाई सम्झना गर्दा उनको दिव्योपदेशको पनि सम्झना गर्नुपर्नेमा जोड दिँदै राष्ट्रपति पौडेलले लोकप्रिय र सान्दर्भिक दिव्योपदेशहरू अर्थतन्त्र निर्माण, राष्ट्रप्रेम, छिमेकी राष्ट्रहरूसँग कूटनैतिक सम्बन्ध निर्माणमा मार्गदर्शकको रूपमा रहेको बताएका छन्।

‘राष्ट्रिय एकता दिवसको यस अवसरले हाम्रो मुलुकको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय एकतालाई अक्षुण्ण राखी जनताको सुख र समृद्धि हासिल गर्न सबैमा प्रेरणा प्रदान गरोस्,’ राष्ट्रपति पौडेलले भनेका छन्, “नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०३ औँ जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा उनीप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्दछु।’

प्रकाशित मिति : २७ पुस २०८१, शनिबार  १० : १४ बजे

नयाँ मन्त्रिपरिषद्को सपथसँगै थाइल्यान्डले पायो यो हप्ता तेस्रो नेता

एजेन्सी – अदालतको फैसलाले देशको शीर्ष कार्यालयलाई अस्तव्यस्ततामा धकेलेपछि राजाले

साताको अन्तिम दिन बढेर बन्द भयो नेप्से

काठमाडौं– साताको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक वृद्धि

रुपन्देही-३ उपनिर्वाचनका लागि उम्मेदवारको सूची पठाउन जिल्ला समितिलाई राप्रपाको निर्देशन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले रुपन्देही-३ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारको सूची

‘कांग्रेस नसच्चिए ०८४ को निर्वाचनमा जे पनि हुन सक्छ’

काठमाडौं– नेपाली कांग्रेसकी केन्द्रीय सदस्य ईश्वरी न्यौपानेले कांग्रेस नसच्चिए ०८४

लिभरपुलका फरवार्ड डियोगो जोटा र भाइको कार दुर्घटनामा निधन

स्पेन—लिभरपुलका चर्चित फरवार्ड २८ वर्षीय डियोगो जोटा र उनका भाइ