समृद्धिका निम्ति सबै नेपाली एक ढिक्का हुनुपर्छ : पूर्वप्रधानमन्त्री खनाल « Khabarhub

समृद्धिका निम्ति सबै नेपाली एक ढिक्का हुनुपर्छ : पूर्वप्रधानमन्त्री खनाल


२७ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकको भौगोलिक अखण्डता, शान्ति, अग्रगति र समृद्धिका निम्ति सबै नेपाली एक ढिक्का हुनुपर्नेमा जोड दिएका छन् । 

पृथ्वीनारायण शाहको ३०३औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शुभकामना दिँदै उनले मुलुकको स्वतन्त्रता र राष्ट्रियतालाई थप सुदृढ गर्न सकिने धारणा राखे। 

नेता खनालले एकीकरणका योद्धाहरूले आधुनिक नेपाल निर्माणमा पुर्‍याएको योगदानका स्मरण समेत गरे। देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको सुस्वास्थ्य तथा सुख शान्तिको कामना गर्दै उनले स–साना राज्यहरूलाई एकीकरण गर्ने हाम्रा वीर पुर्खाहरूको साहस, पराक्रम र दूरदर्शिताको परिणाम स्वरूप नेपाल आज एक स्वाधीन, अखण्ड र सार्वभौम मुलुकका रूपमा तथा बहु जातीय, बहुभाषिक, बहु सांस्कृतिक र बहु धार्मिक राष्ट्रका रूपमा विश्वमा परिचित रहेको विचार व्यक्त गरे ।

प्रकाशित मिति : २७ पुस २०८१, शनिबार  १२ : २५ बजे

ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा रेग्मी

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)

चन्द्र भण्डारीले गरे कांग्रेस उपसभापतिमा उम्मेदवारी दर्ता

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. चन्द्रकान्त भण्डारीले पार्टीको १५औँ

धनराज गुरुङले पनि उपसभापतिमा उम्मेदवारी दर्ता गराए

काठमाडौँ– नेपाली कांग्रेसका नेता धनराज गुरुङले १५औँ महाधिवेशनमा उपसभापति पदमा

कांग्रेस १५ महाधिवेशन : भोट माग्ने रोबोट भन्छ- जय नेपाल

काठमाडौं– नेपाली कांग्रेसको जारी १५ औँ महाधिवेशनमा केन्द्रीय सदस्य उम्मेदवार

‘तातोपानी र रसुवागढी नाका सञ्चालनका लागि छलफल भइरहेको छ’ 

काठमाडौँ- पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले तातोपानी र रसुवागढी नाका पुनः