पृथ्वी जयन्तीमा राप्रपाको र्‍याली (तस्बिरहरू) « Khabarhub

पृथ्वी जयन्तीमा राप्रपाको र्‍याली (तस्बिरहरू)


२७ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल एकीकरणका सूत्रधार तत्कालीन राजा पृथ्वीनारायण शाहको जन्मजयन्ती देशभर विभिन्न कार्यक्रमहरू आयोजना गरेर मनाइँदैछ । यस वर्ष पृथ्वीनारायणको ३०३औँ जन्मजयन्ती मनाइँदैछ ।

गोरखाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका सन्तान पृथ्वीनारायण वि.सं. १७७९ पुस २७ गते जन्मिएका थिए । उनी वि.सं. १७९९ चैत २५ गते राजा भएका थिए ।

पृथ्वीनारायणले गोरखा राज्य विस्तार थाल्नुअघि नेपाल ५२ भुरेटाकुरे राज्यमा विभाजित थियो । पृथ्वीनारायण राजा भएपछि नेपालको सीमा पूर्वमा टिस्टा नदीदेखि पश्चिममा चेपे नदीसम्म विस्तार गर्न सफल भएका थिए ।

पृथ्वीनारायणको शेषपछि उनका उत्तराधिकारीले पश्चिममा काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेको इतिहास छ ।

पृथ्वीनारायण शाहले वि.सं. १८०१ मा नुवाकोट विजय गरेका थिए । त्यसको २५ वर्षपछि १८२६ सालमा काठमाडौं उपत्यका विजय हासिल गरेपछि पृथ्वीनारायण शाहले पूर्वतिरका चौदण्डी विजयपुरआदि राज्य विजय गर्दै देशको सीमा विस्तार गरेका थिए ।

सबै जातजाति, भाषाभाषीको सहयोग लिएर नेपाल एकीकरणको श्रीगणेश गरेका पृथ्वीनारायण शाहको सम्झनामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौंमा र्‍याली निकालेको छ । राप्रपा नेपालमा राजतन्त्र स्थापना वकालत गरिरहेको दल हो ।

प्रकाशित मिति : २७ पुस २०८१, शनिबार  १ : ३८ बजे

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

धनकुटा – ताङ्खुवाबाट यहाँ आइरहेको टाटा सुमो छथर जोरपाटी गाउँपालिका–३

जनकपुरमा भएको आगलागीमा एक जनाको मृत्यु

जनकपुरधाम– जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्द चोकस्थित एक घरमा गएराति आगलागी हुँदा

भारतलाई पछि पार्दै इङ्गल्यान्ड बन्यो क्रिकेट विश्व वरीयताको नम्बर वान

लन्डन – श्रीलंकाविरुद्धको तेस्रो तथा अन्तिम टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ८

आरोहण टोली धवलागिरि आधार शिविरमा

म्याग्दी– चालु शरदयाममा विश्वको सातौँ (आठ हजार १६७ मिटर) अग्लो

बेनी अस्पतालमा ‘जनरल सर्जरी’ सेवा विस्तार

म्याग्दी– वेनीस्थित प्रदेश अस्पतालमा विशेषज्ञ ‘जनरल सर्जरी’ सेवा विस्तार भएको