पृथ्वी जयन्तीमा राप्रपाको र्‍याली (तस्बिरहरू) | Khabarhub Khabarhub

पृथ्वी जयन्तीमा राप्रपाको र्‍याली (तस्बिरहरू)


२७ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल एकीकरणका सूत्रधार तत्कालीन राजा पृथ्वीनारायण शाहको जन्मजयन्ती देशभर विभिन्न कार्यक्रमहरू आयोजना गरेर मनाइँदैछ । यस वर्ष पृथ्वीनारायणको ३०३औँ जन्मजयन्ती मनाइँदैछ ।

गोरखाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका सन्तान पृथ्वीनारायण वि.सं. १७७९ पुस २७ गते जन्मिएका थिए । उनी वि.सं. १७९९ चैत २५ गते राजा भएका थिए ।

पृथ्वीनारायणले गोरखा राज्य विस्तार थाल्नुअघि नेपाल ५२ भुरेटाकुरे राज्यमा विभाजित थियो । पृथ्वीनारायण राजा भएपछि नेपालको सीमा पूर्वमा टिस्टा नदीदेखि पश्चिममा चेपे नदीसम्म विस्तार गर्न सफल भएका थिए ।

पृथ्वीनारायणको शेषपछि उनका उत्तराधिकारीले पश्चिममा काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेको इतिहास छ ।

पृथ्वीनारायण शाहले वि.सं. १८०१ मा नुवाकोट विजय गरेका थिए । त्यसको २५ वर्षपछि १८२६ सालमा काठमाडौं उपत्यका विजय हासिल गरेपछि पृथ्वीनारायण शाहले पूर्वतिरका चौदण्डी विजयपुरआदि राज्य विजय गर्दै देशको सीमा विस्तार गरेका थिए ।

सबै जातजाति, भाषाभाषीको सहयोग लिएर नेपाल एकीकरणको श्रीगणेश गरेका पृथ्वीनारायण शाहको सम्झनामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौंमा र्‍याली निकालेको छ । राप्रपा नेपालमा राजतन्त्र स्थापना वकालत गरिरहेको दल हो ।

प्रकाशित मिति : २७ पुस २०८१, शनिबार  १ : ३८ बजे

भारत सरकारको स्पष्टीकरण : जर्मनी जान लागेकी नेपालीलाई कतार एयरवेजले रोकेको हो, हामीले होइन

नयाँ दिल्ली – जर्मनी जान लागेकी नेपाली नागरिक शम्भवी अधिकारीलाई

बेनी–दरवाङ सडक तीन दिनपछि सञ्चालन

म्याग्दी – म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

बुटवल-नारायणगढ सडक पूर्ण रूपमा अवरुद्ध

मध्यविन्दु – निरन्तर वर्षाका कारण हिलाम्ये भएको सडकमा सवारीसाधन फसेपछि

साँझबाट मौसममा क्रमिक सुधार

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले देशमा मौसम क्रमशः

सरकार र आन्दोलनरत नर्सबीच सहमति

काठमाडौं – सरकार र उचित पारिश्रमिक नपाएको भन्दै आन्दोलनरत नर्सबीच